Tuesday, March 1, 2016

यसरी हुन्छ नेपाली क्रान्तिको विकास - देवी उप्रेती

क्रान्तिको विकास भौतिक रुपमा र जनतको चेतनाको विकासमा आधारीत भएर रहेको हुन्छ । विश्वका सबैखाले क्रान्तिहरु यहि ढंगले विकास भएका छ । तर क्रान्तिमा निश्चित उद्देश्य हुन्छन्, विचार हुन्छ र सहि नेत्तृत्व हुन्छ । विचारमा आधारित नभएको तथा सहित नेत्तृत्व नभएका जुनसुकै क्रान्ति पनि असफल भएका छन् । आज पनि विश्वमा कहि कतै लक्ष्य बिनाका क्रान्ति भई रहेका छन् । तीस/चालिस वर्ष सम्म पनि अल्झिरहेका छन् । अहिलेको अवस्था भनेको एउटा जर्जर सामान्ती व्यवस्थालाई जरै देखि उखेलेर फालिएको अवस्था हो । तर क्रान्तिको शुरुवात जहाँबाट भयो – त्यहाँ निशाना तोकिएको थिएन–त्यहाँ संगठित शक्ति थिएन । विचार, सिद्धान्त र नेत्तृत्व बिना कार्य नीति लागु गर्न सकिदैन । त्यसो भएको हुनाले नेपाली जनतालाई सामन्तवाद, पारीवारिक शासन र एकलौटी आर्थिक सम्बन्धको कारणले क्रान्तिको विकास हुन सकेको थिएन । त्यसैको कारक तत्वको रुपमा नेपाली क्रान्तिको विकास भएको छ । संसदवादी अंग्रेजहरुले दुई सय वर्ष सम्म भारतमा शासन गरेर जनतालाई अन्धकारमा राखेका थिए । अंग्रेजहरु गोरा हुन्छन्, त्यसैले गर्दा भारतका नवाबहरु सामन्तहरु आफ्ना नोकरलाई “मेमसा जैसा घोडा लाओ” भनेर आदेश गर्थे । उनीहरुको दिमाग बिल्कुलै काम नलाग्ने भईसकेको थियो त्यो अवस्थामा । तिनै सामन्तहरुको वर्गभित्र पनि त्यहाँ भगौडाहरु थिए । बिना सिद्धान्त, बिना विचार, बिना उद्देश्य र लक्ष्य भएकाहरुलाई भगौडा भन्नु पर्छ र तिनीहरुको कुनै भविष्य हुँदैन – जस्तो कि अहिले नेपालमा पनि त्यस खाले शुन्यवादीहरु देखा परेका छन् । त्यस्ता प्रवृत्तिहरुको कुनै सिद्धान्त हुँदैन खाली नीजि स्वार्थ मात्र हुन्छ । तिनीहरु आफ्नो स्वार्थ पूर्ति गराउन असम्भव भनाई र काल्पनिक कुरा गर्दै हिड्ने गर्छन् । यस्ता प्रवृत्तिहरु कम्युनिष्ट आन्दोलनमा पनि टाँसिएर बसेका छन् ।
कम्युनिष्ट पार्टी किन गठन हुन्छ ? कम्युनिष्ट पार्टीको कार्य लक्ष्य र कार्य योजना के हो ? सिद्धान्त, विचार र व्यवहार के हो ? आदि कुराहरुको निक्र्यौल नभईकन त्यसले विकास गर्न सक्दैन । नेपालमा तीसको दशकदेखि कम्युनिष्ट आन्दोलन भित्र राज्यसत्ता प्राप्त गर्ने सवालमा संसदवादी धार र जनवादीधारको बीचमा ठूलै आन्तरिक संघर्ष भएको छ । बीसौं शताब्दीको अन्तमा आईपुग्दा नेपाली क्रान्तिलाई एउटा बेग्लै खालको स्वरुपमा विकास गर्ने तर्फ नयाँ मोडमा शुरु भएको छ । ३० कै दशकदेखि प्रचण्डका विचार श्रृंखलाहरुको मौलिक आधारमा उत्पादन भएको हो । वर्ग संघर्षमा आधारित विचार भएकोले विभिन्न मोडमा क्रमभंग हुँदै विकास गरेको छ । प्रचण्डका विचार श्रृंखलाहरु मालेमावादकै संष्लेषण भएको र मालेमावादको आधारमा नेपाली क्रान्तिको मार्ग दर्शक सिद्धान्तको रुप हो र त्यसको प्रयोग तथा विकास र नेत्तृत्व अध्यक्ष प्रचण्डले नै गरेको हुनाले नेपाली क्रान्तिको विकास पनि व्यवहारिक र वास्तविक रुपमा भएको छ । क्रान्तिको विकास वक्तव्य दिएर, विज्ञप्ति निकालेर र क्रान्तिकारी रचना गरेर मात्र हुन सक्दैन । उक्त कुराहरु मात्रै गरेर क्रान्तिकारी हुनेहरुको हवीगत देखिईसकेको छ । क्रान्तिकारीहरुले जबसम्म आफ्नो टाउकोमा विचारको आगो सल्काउदैनन् तबसम्म विज्ञप्ति–लेखहरु वक्तव्यवादी भईरहन्छन् । संसदवादी अवधारणालाई समग्र रुपमा प्रचण्डका विचार श्रृंखलाहरुले चिरेर लगेको छ र निरन्तरतामा क्रमभंग हुँदै माक्र्सवादीको विकासको गति अघि बढिरहन्छ ।
माक्र्सवादको विकास हुन्छ र क्रान्तिको पनि विकास हुन्छ । यहि क्रममा क्रान्ति निरन्तर अघि बढेको हुन्छ । क्रान्तिको समयमा जनयुद्धको बेला युद्धमै लागेकाहरु पनि आफ्नो मनोवृत्तिलाई भ्रष्टीकृत गरेर अलग–ढलग भएका हुन्छन् । यस्तो मनोवृत्ति लेनिनको नेत्तृत्वमा भएको रुसी क्रान्तिमा पनि देखियो अनि कमरेड माओको नेत्तृत्वमा भएको चीनियाँ क्रान्तिमा पनि देखिएका छन् । तर नेपालमा अध्यक्ष कमरेड प्रचण्डले नेपाली क्रान्तिको विकासमा रुसी क्रान्ति, चीनियाँ क्रान्ति भन्दा फरक शैलीमा विकास गर्नु भएको छ । कमरेड प्रचण्डले नेपालमा दशकौ लगाएर वर्गीय चेतना, जाति–जनजातिहरुको चेतनाको स्तर, राष्ट्रिय (जातीय) मुक्ति आन्दोलन, भाषा, संस्कृति र सभ्यता माथि भएको एकल जातीय थिचो–मिचो र वर्गीय मुक्ति आन्दोलनको पनि खोतल–खातल गर्नुभएको छ । नेपालमा जातीय, क्षेत्रीय र लैंगिक संघर्षहरु छन् । दुईसय पचास वर्ष देखि एकल जातीय शासकहरुको थिचोमिचो र एकाधिकारको विरुद्धमा भएका संघर्षहरुको अध्ययन गरेर भन्नु भएको छ –“नेपाली क्रान्तिमा जातीय मुक्ति आन्दोलन र वर्गीय मुक्ति आन्दोलन सँगसँगै जाने कुरा हुन् ।” कमरेड प्रचण्डले समग्र रुपमा नेपाली माटो पढेपछि मजदुर, किसान र अन्य सर्वहारा वर्गको अध्ययन पछि मात्र त्यसको विश्लेषण गर्ने कार्य गर्नु भएको छ । अध्ययनबाट देखिएका सम्पूर्ण क्षेत्रका विषय–वस्तुहरुको मालेमावादको विचारहरुमा आधारित भएर जनताको स्तरमा, पार्टीका विभिन्न मोर्चाहरुको संगठनको र पार्टी केन्द्रको सहभागितामा विश्लेषण गरिएको छ र भनिएको छ –“विश्लेषणले कुनै पनि वस्तु वा घटनाको प्रक्रियामा रहेका विविध पाटा–पक्ष, अंश र स्थितिको यथार्थ ज्ञान हासिल गर्न मद्दत पु¥याउँछ ।” अध्यक्ष प्रचण्डको नेत्तृत्वमा समग्र पार्टीका संयन्त्रहरुको वैचारिक नीति र कार्ययोजना भित्र प्रचण्डका विचारहरुले स्थान ग्रहण गरिरहेका थिए । २०५३ देखि नै पार्टी र पार्टी भित्रका संगठनहरु प्रचण्डका विचार श्रृंखलाबाट मार्गदर्शित भएका हुन् । यहाँनिर के भुल्न हुन्न भने समग्र नेपाली क्रान्तिको अध्ययन कै क्रममा प्रचण्डका विचारहरु मालेमावादबाट विकसित भएका हुन् र २०५३ को शुरुमै यसको विश्लेषण पछि संश्लेषण रियो र भनियो –“संश्लेषणले विश्लेषणबाट प्राप्त जति निश्कर्ष छन् तिनको समग्रतालाई समेटेर गुणात्मक फड्कोतिर डो¥याउँछ । सहि विश्लेषण बिना सहि संश्लेषण हुन सक्दैन एवम् ती एक–अर्कामा आत्मनिर्भर र एक–अर्कामा रुपान्तरीत भईरहन्छन् । ती दुईमा संश्लेषण नै प्रधान हो किनकी विश्लेषण गर्नुको हाम्रो लक्ष्य संश्लेषण गर्नु हो ।” यसमा जोडेर भनिएको छ –“विश्लेषणलाई प्रधानता दिने सोचले अनुभववाद र त्यसरी नै राजनैतिक रुपले सुधारवादको पक्ष पोषण गरी विचारको फड्को र क्रान्तिको विरोध गरिरहेको हुन्छ ।” यसै (प्रचण्ड पथ पेज नं. ५४) जनक्रान्तिको विकास र गति क्रान्तिकारी पार्टीले लिएको वैचारिक कार्यदिशा, नेत्तृत्व र सांगठनिक संरचनाका आधारमा हुन्छ । जनता र पार्टी पंक्ति –खासगरी प्रचण्डका विचार श्रृंखलाहरुको बारे पार्टी भित्रका वैचारीक व्याख्याकार) ले भनेका छन् –“कमरेड प्रचण्डको न्यानो नेत्तृत्वमा लामो समयसम्मको अध्ययन, त्यसको विश्लेषण र त्यहि अध्ययन–विश्लेषण र त्यसबाट संश्लेषणको रुपमा विकास भएको प्रचण्डपथ हो ।” ‘प्रचण्ड पथ’ मालेमावादमा आधारित प्रचण्डका विचार श्रृंखलाहरुलाई नेपाली क्रान्तिको भट्टि भित्र खारेर निस्केको संश्लेषण हो । यसलाई आधिकारीक सिद्धान्तका रुपमा २०५७ मा पार्टीको दोश्रो राष्ट्रिय सम्मेलनले गरेको हो । क्रान्ति आफ्नो सहि निशाना सम्म फेजवाइजमा निर्वाध रुपमा जाने गर्छ । नेपाली क्रान्तिका मोडहरुमा परिवर्तन र विकास हुन्छ, क्रान्तिका मोर्चाहरुमा विकास हुन्छ र युद्धका रणनीतिहरुमा समेत विकास हुन्छ । यसरी नै नेपाली क्रान्तिको पनि विकास भएर अघि बढिरहेको छ । नेपाली क्रान्तिको तयारीको लागि पहिला अध्ययन गरियो । क्रान्तिको शुरुवात गरियो । त्यसपछि क्रान्तिको विश्लेषण गरियो र अझ स्तरउन्नत गर्नको लागि संश्लेषण गरियो । संश्लेषणले समग्रतामा पार्टी हेडक्वार्टर र जनक्रान्तिले प्राप्त गरेका उपलब्धिहरुको सहि साबित गरेको छ । अहिले सम्म प्राप्त उपलब्धिहरु जति छन् तिनीहरुको संरक्षण गर्दै विश्लेषण र संश्लेषण गर्दै नयाँ उपलब्धिहरु नौला विजयहरु प्राप्त भई रहेका छन् । कमरेड प्रचण्डको न्यानो नेत्तृत्वमा नै क्रान्तिकारीहरुले ती उपलब्धि प्राप्त गरिरहेका छन् । जनयुद्ध जारी छ र यो फेजवाइजमा भईरहेको छ । एउटा फेजमा क्रान्तिले जनताको नयाँ शक्ति जति आर्जन गर्न सकेको छ – त्यसको संरक्षण गर्दै पुनः विचारको संश्लेषण गर्दै नयाँ कार्यहरुको कार्यान्वयन भएको छ । जसो गर्दा विजय प्राप्त हुन्छ – जसरी गर्दा त्यसबाट उपलब्धिहरु हात पर्छ– कमरेड प्रचण्डको नेत्तृत्वमा क्रान्तिकारीहरुले दृढ अठोट लिएर त्यहि गरी रहेका छन् । विचार संश्लेषणबाट नै क्रान्तिको विकास र सफलता प्राप्त हुन्छ भन्दै कमरेड सुदर्शन (प्रचण्डका विचार श्रृंखलाहरुका व्याख्याकार) लेख्नुहुन्छ –“ यदि हामीले २१ औं शताब्दीको नयाँ परिस्थिति माथि वैज्ञानिक हस्तक्षेपलाई जीवन्त तुल्याउन कमरेड प्रचण्डको मार्ग निर्देशनलाई बुझ्न सकेनौ भने इतिहासले हामी माथि कारवाही गर्नेछ र आफ्नो प्रवाहको भुमरीमा पछार्दै पश्चाताप गराउने छ ।” वस्तुगत स्थितिले पैदा गरेका अवसरहरुलाई सामूहिक सक्रियताले पकड्न सकेन भने अरु समयमा जति बल गरे पनि सफलता हासिल हुँदैन भन्ने कुरा प्रचण्ड पथले व्यवहार र सिद्धान्तमा प्रशिक्षित गर्दै आएको छ । त्यसैले विचार संश्लेषणको आवश्यकता र महत्व बढ्न गएको छ । अर्को हामी विचार संश्लेषण गरेर मालेमावादी विज्ञानको विकासद्वारा विश्व र नेपालका क्रान्तिकारी तथा आम शोषित–उत्पीडित जनसमुदायलाई एकीकृत र केन्द्रिकृत गर्दै सुन्दर साम्यवाद प्रति आशावादी बनाउन चाहन्छौ भने साम्राज्यवादले उत्तर आधुनिकतावादी भ्रमको पोकोबाट विष छर्कदै विकेन्द्रित, अराजक, निराशावादी र शुन्यवादी दुनियाँ उत्पादन गरेर लुटको वैभवमाथि हुकुम चलाउन चाहन्छ ।” (प्रचण्डपथ–२१ औं शताब्दीको विचारधारात्मक छलाङ– पेज नं. ५६) माक्र्सवाद विज्ञान संगत राजनैतिक दर्शन हो । विज्ञानको विकास निरन्तर भई नै रहन्छ । त्यसो भएको हुनाले माक्र्सवादलाई रुसमा लेनिनले व्यवहारिक रुपमा नै प्रयोग गर्नु भयो र त्यसको विश्लेषण÷संश्लेषण लेनिनवाद भयो । त्यसै गरी कमरेड माओत्सेतुङले माले विचारलाई चीनियाँ शैलीमा नयाँ ढंगले प्रयोग गरेर लग्नु भयो । लेनिनले–माओत्सेतुङले बारम्बार आफ्ना विचारहरु विश्लेषण÷संश्लेषण गर्नु भएको छ र आफूहरुलाई कठोर परीक्षामा सामेल गराएर पहिलो नम्बरमा उत्तीर्ण पनि हुनु भएको छ । त्यसरी नै कमरेड ‘प्रचण्ड’ले नेपालको जनवादी क्रान्तिको लागि आधारभूत राजनैतिक सिद्धान्त मालेमावादलाई बनाउनु भयो । मालेमावादलाई नेपाली क्रान्तिका विशिष्ट स्थिति (राजनीति, वर्ग, जाति–जनजाति, धर्म–संस्कृति, भाषा, सभ्यता तथा समग्र नेपाली माटोलाई पढेर) मा प्रयोग गरेर पटक पटकको कठोर परीक्षामा उत्तीर्ण भएर त्यसबाट विकास गरी नेपाली क्रान्तिको निर्देशकका रुपमा सिद्धान्त प्रचण्डपथको उत्पादन गरी क्रान्तिको निर्देशक सिद्धान्तको आपूर्ति भएको छ । कमरेड प्रचण्डले मालेमावादलाई नेपाली मौलिकताको नयाँ उचाईमा विकास गर्नु भएको छ । विचारको संश्लेषण नयाँ उचाईमा भएपछि र त्यसले विकासले आकार लिएपछि राजनैतिक, सामाजिक तथा सांस्कृतिक संरचनाहरु बदलिन्छन् वा नयाँमा रुपान्तरण हुन्छन् । नेपालमा कमरेड प्रचण्डका विचारहरु क्रान्तिका निर्देशक सिद्धान्तलाई व्यवहारमा हिँडाएपछि नेपालमा पुरातन पन्थी सामन्ती युगलाई ध्वस्त गरी प्रगतिशील गणतान्त्रिक युगमा रुपान्तरित भएको छ । यो ऐतिहासिक संक्रमणकालीन परिवर्तनको बेला नयाँ र पुरानो बीच संघर्ष हुन्छ र यो द्वन्दवादी नियम नै हो । कम्युनिष्ट क्रान्ति विभिन्न कठोर अवस्थाहरु पार गर्दै, विचारको विकास गर्दै अहिलेको अवस्थामा आएको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा कहिल्यै पनि निशाना तोक्ने कामै भएन । निशाना तोक्ने भनेको विचारको आधारमा हुन्छ । विचारले नै संगठनका कार्य नीति, कार्य योजना निर्माण गर्छ । संसदवादी ओएस्ट मिनीस्ट्रीयल अवधारणा भएको अनि पहिचानको कुनै निश्चित प्रष्ट खाका नभएको हुँदा नेपाली क्रान्तिले मूलबाटो भेट्न नै नसकेको अवस्था थियो । विचारकै बारेमा अध्यक्ष कमरेड प्रचण्ड भन्नु हुन्छ –“विचार र संस्कृतिको बीचमा द्वन्द भइरहन्छ । संस्कृतिले विचारलाई निर्देश गर्ने होइन–विचारले संस्कृतिलाई निर्देशन गर्नुपर्छ । तपाईहरुले संस्कृति अनुसारको विचार होइन– विचार अनुसारको संस्कृति भित्र आफूलाई ढाल्नु पर्छ ।” अध्यक्ष प्रचण्डले विचारको विकास गर्न, क्रान्तिको विकास गरेर अघि बढ्न आफूले लिएको विचार अनुसार सांस्कृतिक क्रान्तिमा रुपान्तरण हुनै पर्दछ भन्ने कुरा क्रान्तिकारीहरुलाई पढाउनु भएको छ । कमरेड प्रचण्डका वैचारीक शिक्षाबाट नै क्रान्ति र क्रान्तिकारीहरु यहाँसम्म आइपुगेका छन् ।
माक्र्सले सामाजिक वर्ग संघर्ष, क्रान्तिको द्वन्दवादी दर्शनको घोषणा गरेपछि साम्राज्यवाद र पूँजीवादका भरौटेहरुको मुटुमा ढ्याङ्ग्रो ठोकिएको थियो । त्यसै गरी लेनिनको जमानामा कट्स्कीहरु जस्ताका प्रवृत्तिको कारण कम्युनिष्ट आन्दोलनलाई भ्रष्टीकरण विसर्जनको बाटोतिर धकेल्न खोजियो । त्यसैगरी स्तालीनको युगमा ख्रुश्चेभ घाँसभित्र छिपेर रहेको विषालु सर्पको रुपमा आफूलाई प्रमाणित गरेको छ ।
अध्यक्ष प्रचण्ड नेपाली क्रान्तिका लाल र निपुण दुवै हो । पहिलोमा क. प्रचण्ड लाल हुनु भयो । मालेमावादलाई नेपाली क्रान्तिको विशिष्टतामा प्रयोग गर्नु भयो–त्यसबाट देखा परेका सफलता–असफलता दुवैको विश्लेषण गर्नु भयो पुनः त्यसको प्रयोगबाट नेपाली क्रान्तिलाई विकसित गर्दै चौतर्फी कोणबाट फेजवाइजमा प्रचण्डका विचार श्रृंखलाहरुको संश्लेषित रुपमा उत्पादन भयो र पार्टीको २०५७ को दोश्रो राष्ट्रिय सम्मेलनले ती विचार श्रृंखलाहरुलाई क्रान्तिको मार्गदर्शक सिद्धान्त ‘प्रचण्डपथ’ नामाकरण गरी यीनै विचारहरुको विकास गरियो र क्रान्तिको गतिलाई तीव्रताका साथ सफलताका साथ अघि बढाउने काम पनि नेत्तृत्वबाट नै भएको छ । यस सन्दर्भमा कमरेड प्रचण्डका विचार श्रृंखला अर्थात् प्रचण्ड पथका व्याख्याकार कमरेड सुदर्शन भन्नु हुन्छ –“नेपालमा सर्वहारा वर्गीय आन्दोलन हाँक्ने नेताहरुको केन्द्रिकरण र क्रान्तिकारी विचार श्रृंखलाहरुको संश्लेषण हो प्रचण्ड पथ ।” कमरेड सुदर्शन अगाडी भन्नुहुन्छ –“प्रचण्डपथ भनेको आफ्नै टाउकोमा आघो सल्काउने शुद्धिकरण अभियानको महत्वपूर्ण उपलब्धि पनि हो । यो माक्र्सवाद–लेनिनवाद–माओवादमा गरिएको भ्रष्टीकरणको शुद्धिकरण पनि हो । यहि कारणले गर्दा प्रचण्डपथ संशोधनवादी र अवसरवादी कित्तामा भूकम्प बनेको छ । अनि विश्वका क्रान्तिकारीहरु जनसमुदायको लागि आशा र भरोसाको चम्किलो बत्ती बनेको छ ।” (प्रचण्ड पथ २१ औ शताब्दीको विचारधारात्मक छलाङ) यस अर्थकी माक्र्सले वैचारीक रचना दिनु भयो, लेनिनले रुसी क्रान्तिको विशिष्टतामा अझै उच्चतम रुपमा विकास गर्नु भयो अनि यहि मालेमावाद नै अहिले पनि विश्वका विभिन्न मुलुकहरुमा अथवा विश्व क्रान्तिकै लागि मार्गदर्शक सिद्धान्तको रुपमा विकसित भएको छ । क्रान्तिको यहि मार्गदर्शक सिद्धान्त मालेमावादलाई नेपाली क्रान्तिको विशिष्ट भट्टीभित्र राखेर संश्लेषित भएको सिद्धान्त नै प्रचण्ड पथ हो । एक पटक कसैले क्रान्तिको मार्गदर्शक सिद्धान्त भनेर ‘प्रचण्डपथ’ राख्न गल्ती भएको कुरा सुनाए । तर उनीहरुले ‘प्रचण्डपथ’ त एउटा साधारण कुरा हो, यसलाई हामीले नामाकरण मात्र गरेका हौ भन्ने बुझेका हुन् भने आफैलाई विसर्जनतिर धकेल्नु मात्र हो । ‘प्रचण्डपथ’ सिद्धान्त–संगठन, नेत्तृत्व क्रान्ति र यसका फेजवाइजका सम्पूर्ण पक्ष–विपक्ष, युद्ध–शान्ति, कुरुप–सुन्दर, विजय–पराजय, हो–होइनको भीषण स्थितिबाट, जनताको बीचबाट उत्पादन भएको नेपाली तथा विश्व क्रान्तिको एक्काईसौ शताब्दीको लागि मार्ग दर्शक हुने कमरेड प्रचण्डका विचार श्रृंखलाहरुको समग्र संश्लेषण हो अनि कमरेड प्रचण्ड नेपाली क्रान्तिको आरोह–अवरोह, हार–जित, युद्धको भट्टी र एक्काईसौं शताब्दीकै लागि जनवादी क्रान्तिले निर्माण गरेको ऐतिहासिक नेत्तृत्व हो ।
माक्र्सले सामाजिक वर्ग संघर्ष, क्रान्तिको द्वन्दवादी दर्शनको घोषणा गरेपछि साम्राज्यवाद र पूँजीवादका भरौटेहरुको मुटुमा ढ्याङ्ग्रो ठोकिएको थियो । त्यसै गरी लेनिनको जमानामा कट्स्कीहरु जस्ताका प्रवृत्तिको कारण कम्युनिष्ट आन्दोलनलाई भ्रष्टीकरण विसर्जनको बाटोतिर धकेल्न खोजियो । त्यसैगरी स्तालीनको युगमा ख्रुश्चेभ घाँसभित्र छिपेर रहेको विषालु सर्पको रुपमा आफूलाई प्रमाणित गरेको छ । नेत्तृत्व जीवित छउन्जेल ख्रुश्चेभ, स्तालीनको पाउभक्त ताबेदारका रुपमा रह्यो र जब स्तालीनको निधन भयो घाँसमा छिपेको विषालु सर्प फण फुलाएर स्तालीनको कार्यहरुको माक्र्सवादी–लेनिनवादी विचार र राजनीतिको विरुद्धमा भीषण हमला गरेको थियो । माक्र्सवाद–लेनिनवादका सच्चाईहरुको भ्रष्टीकरण गरी विसर्जन र विखण्डनको बाटो तर्फ धकेलेर सोभियत संघको नै संरचनालाई ख्रुश्चेभको हातबाट ध्वस्त गराउने तर्फ साम्राज्यवादी र पूँजीवादीहरु लागिपरेका थिए । त्यसै गरी चीनमा कमरेड माओको कार्यकालमा तेङ्स्याओपिङ, लीन प्याओ– एउटा दक्षिणपन्थी कोणबाट र अर्को उग्र वामपन्थी कोणबाट देखा परेका थिए । यसैबारे कमरेड प्रचण्डले क्रान्तिकारीहरुलाई शिक्षा दिनुभएको छ कि –“स्वार्थवश उत्पन्न भएका उग्र वामपन्थीहरु पनि अन्ततः उग्र दक्षिणपन्थी भएर विसर्जन हुन्छन् । मालेमावादी इतिहासले त्यसरी नै समीक्षा गरेको छ ।” यसरी साम्राज्यवाद र पूँजीवादले सिधै आक्रमण नगरी आफ्ना प्रतिनिधिहरुको दिमागमा केमिकल मिसाएर त्यसलाई प्रयोग गर्ने गरेको इतिहास छ । एक्काईसौ शताब्दीको शुरु देखिनै नेपाली क्रान्ति र विश्व क्रान्तिकै केन्द्रबिन्दुमा अध्यक्ष कमरेड प्रचण्ड देखिनु भएको छ । यहि क्रान्तिकारी बाटोलाई भ्रष्टीकरण विसर्जन तर्फ धकेल्न ‘महा विद्वान’ बाबुराम साहेबलाई साम्राज्यवादले नेपाली क्रान्तिको बाटोमा ‘स्केयर क्रो’ को रुपमा खडा गरेको छ । यस्तो प्रवृत्तिले नेपाली क्रान्तिलाई बाह्य केमिकल रहुन्जेल मात्र बाधा पु¥याउन कोशिस त गर्छ तर केमिकल मिसिएको वस्तु एउटा निश्चित समय सम्म मात्र कृत्रिम रुपमा क्रियाशील हुन्छ र अन्तमा नष्ट हुन्छ । एउटा उदाहरण दिँदै कमरेड राम कार्कीले नेपाली माओवादीहरु बिना अर्थ टुक्रिएका र उनीहरु एकीकरण अवश्यम्भावी छ भन्दै लेख्नु हुन्छ –“काँक्राका जतिसुकै चिरा भए पनि स्वाद एकै हुन्छ ।” यो एउटा सत्यतामा आधारित अभिव्यक्ति हो । कमरेड कार्कीले एकै उद्देश्य, एउटै रंग र स्वाद भएका माओवादीहरुलाई अलग अलग चुल्हो बाल्न छोडेर एकीकृत हुन सन्देश पनि हो । कमरेड राम कार्कीले यस्तो उच्च अभिव्यक्ति दिँदै गर्दा एउटा कुरा छुटे जस्तो लाग्यो – त्यो हो – कुनै पनि पदार्थमा बाहिरी केमिकल मिसियो भने केहि निश्चित समय सम्म अर्कै रुपरंग र स्वादमा रुपान्तरण हुन्छ र अन्तमा नष्ट हुन्छ । कोदो उसिनेर मर्चा मिसाई दिएमा त्यो जाँडमा रुपान्तरण हुन्छ – त्यसैगरी सुकेको भटमास उसिनेर त्यसमा पनि मर्चा मिसाएमा ‘किनिमा’ बन्छ । त्यसै गरी काँक्रामा बाह्य केमिकल मिसियो भने त्यसमा चिरामा भएको स्वाद भेटिदैन र केमिकल मिसिएको काँक्राको चिरा छोटो संक्रमणकालको लागि ‘खल्पी’ बन्छ र अन्तमा सडेर जान्छ । नेपाली क्रान्तिको इतिहासमा बाबुराम साहेब पनि त्यहि संक्रमणकालीन अवस्थामा हुनुहुन्छ । लेनिन–स्तालीनको युगपछि कमरेड माओको युग शुरु हुन्छ । माओको युगमा नै माक्र्सवाद–लेनिनवादको तीव्र गतिमा विकास गरियो । विचारको विकास भनेको क्रान्तिको विकास हो । चीनको मौलिक तथा क्रान्तिको शैली अनि माक्र्सवाद–लेनिनवादका सच्चाईहरुको प्रयोग र कमरेड माओको विशिष्ट नेत्तृत्वमा चीनको जनवादी क्रान्ति सफल भएको हो । क्रान्तिको शुरुआत देखि सफल भई सके पछि पनि क्रान्तिले निर्माण गरेका इतिहासलाई ध्वस्त गर्ने प्रयास प्रतिक्रान्तिहरुबाट भएका हुन् । तर सबै खाले प्रतिक्रियावादी नै जो बाह्य केमिकल मिश्रित थिए, तिनीहरुको संक्रमणकालको अन्तसँगै नष्ट भएर गएका छन् ।
तीसको दशदेखि एक्टीभेट भएको नेपाली क्रान्ति पनि अहिले उत्कर्षमा पुगेको अवस्था छ । अध्यक्ष कमरेड प्रचण्डबाट मालेमावादका सहि विचारलाई नेपाली क्रान्तिको विशिष्ट स्थितिमा प्रयोग विश्लेषण गरियो अनि व्यवहारबाट उत्पन्न भएका विचारहरुको संश्लेषण गरी नेपाली क्रान्तिको विकासमा प्रयोग भइरहेको छ ।
नेपाली क्रान्तिलाई विकास गर्दै एकीकृत रुपमा एउटा टुंगोमा पु¥याउने वैचारीक तथा कार्यनीतिक ढंगबाट नै माओवादी आन्दोलनको एकीकरण गर्ने सवालमा अध्यक्ष कमरेड प्रचण्ड भन्नु हुन्छ –“माओवादी आन्दोलनलाई एकीकृत गर्ने हो – मान्छे एकीकृत गर्ने होइन । नेताहरुको टाउकोको नेत्तृत्व गर्ने होइन– विचारको नेत्तृत्व गर्ने हो ।” (एकसय बाइसौं माओ जन्म जयन्तीमा भाषण) यसरी कमरेड प्रचण्डले मालेमावादको विचारलाई नेपाली क्रान्तिको विकास गर्ने बाटोमा अध्ययन–विश्लेषण गर्दै सांगठनिक रुपमा पनि प्रयोग गर्दा जनताको बीचबाट नै संश्लेषण भएको छ । “प्रचण्ड र ‘प्रचण्ड पथ’–कमरेड प्रचण्डका समग्र विचारहरुको एकीकृत रुप हो । त्यसले गर्दा अहिलेको सबैभन्दा आवश्यक एजेण्डा क्रान्तिकारीहरुको वैचारीक र सांगठनिक रुपमा नै एकीकरण गर्नु हो । व्यक्ति असहमत भएर क्रान्तिबाट भाग्नु, व्यक्तिसँग अन्तर विरोध भएर क्रान्ति र संगठन परी त्याग गर्नु ठूलो कुरा होइन । विश्व क्रान्तिको विकासमा यस्ता कुरा सहस्र भएका छन् । यस्तै हजारौ जटील प्रश्नहरुलाई चिर्दै कमरेड प्रचण्डले नेपाली क्रान्तिलाई अगाडी बढाउनु भएको छ । “क्रान्तिको पुनरावृत्ति हुँदैन तर विकास हुन्छ”– भनेर नेपाली क्रान्तिकारीहरुलाई पढाउनु भएको छ –कमरेड प्रचण्डले । क्रान्तिपुत्रहरु विचारको हतियार बोकेर युद्ध लड्छन् । पदीय सोचलाई प्रधानता दिँदैनन् र निरन्तर विचार नेत्तृत्व र क्रान्तिप्रतिको निष्ठामा आँच आउन दिँदैनन्, संरक्षण गर्छन् ।
साम्राज्यवादी शक्ति केन्द्रहरुबाट विश्व क्रान्ति र नेपाली क्रान्तिको बाटोमा समेत हमला भएका छन् । साम्राज्यवादले हरेक देशका क्रान्तिको विकासमा पहिला आफ्ना एजेन्टहरु तयार गर्ने र नीतिहरु मार्फत् नै गडबडी गराउने गर्ने गरेको छ । त्यसमा हरेक मुलुकका क्रान्ति विरोधी प्रतिक्रियावादीहरु, संशोधनवादीहरु र बाह्य केमिकल मिसिएका क्रान्ति विरोधी भगौडाहरु नै सामेल भएका हुन्छन् । यसै विषयमा कमरेड प्रचण्डले भन्नुभएको छ –“आज विश्वव्यापी रुपमा नै प्रतिक्रियावादी र संशोधनवादीहरुका तर्फबाट सबैभन्दा बढी आक्रमण ठीक यहि क्रान्तिकारी एवम् वैज्ञानिक विचारधारा माथि नै भईरहेको छ । आम रुपमा अस्पस्टता, अराजकता, अकर्मण्यता, पलायन, विसर्जन र आत्म समर्पणको प्रवृत्ति हावी गराउन प्रतिक्रियावादी र संशोधनवादी कित्ताबाट भरमग्दुर कसरत भईरहेको आजको परिवेशमा क्रान्तिकारी आन्दोलनको अनिवार्यता महशुस गर्नेहरुले ती प्रतिगामी विचार प्रवृत्तिका विरुद्धको संघर्षलाई अझै दृढता र साहसपूर्वक उठाउन नितान्त जरुरी छ । संघर्षको यो झण्डा भनेको मानव जातिको प्रगति र मुक्तिको झण्डा हो ।” (नेपाली क्रान्तिका समस्याहरु, भाग–३, पेज १६१) नेपाली क्रान्तिलाई एउटा निश्चित टुंगोमा पु¥याउन कमरेड प्रचण्डको नेत्तृत्व यहाँसम्म आईपुग्दा नेपाली क्रान्तिले सर्वहारावादी नेता र राजनेताको रुपमा पाएको छ । कमरेड प्रचण्डले मालेमावादका विचारहरुलाई नेपाली क्रान्तिको विशिष्टतामा प्रयोग गरेर संश्लेषण गर्नु भएको छ र साम्राज्यवाद र पूँजीवादबाट केमिकल मिश्रित भरौटेले अब विश्व क्रान्तिको हेड क्वार्टर नेपाल बन्ने संकेत पाएर आफ्ना खुला हमलाहरुलाई योजनावद्ध गर्न लागेका छन् । अर्को सर्वहारा क्रान्ति र नेपाली राज्य क्रान्तिको फ्युजन गरी हजारौ वर्ष देखिको सामन्त जहानीयाँहरुको सत्तालाई ध्वस्त गरेर जनताको संघीय गणतान्त्रिक संघीय शासन व्यवस्थाको स्थापना गर्ने कार्य पनि क. प्रचण्डकै नेत्तृत्वमा भएको छ । नेपाली क्रान्ति जारी रहेको यस अवस्थामा यसको अनिवार्यता महसुस गर्नेहरुले प्रतिगामी विचार प्रवृत्तिका विरुद्धमा डटेर संघर्ष गर्न र मानवजातिको विकास र मुक्तिको लागि संघर्षको झण्डालाई दृढतापूर्वक उठाउन क्रान्तिकारीहरुलाई शिक्षा दिनु भएको छ ।
नेपाली क्रान्तिको विकासमा मालेमावादको संश्लेषित विचारको, मालेमावादको नेत्तृत्व गर्दै गर्दा जब क्रान्तिले द्रुत गतिमा विकास गर्छ त्यसबेला विभिन्न कोणबाट आक्रमण पनि हुने गरेका छन् । यस सन्दर्भमा अध्यक्ष कमरेड प्रचण्ड भन्नु हुन्छ –“सर्वहारा वर्गको सामाजिक विज्ञानका रुपमा संश्लेषित माक्र्सवाद–लेनिनवाद–माओवादको विकास हमेशा भीषण वर्ग संघर्ष र विचारधारात्मक संघर्षका बीचबाट हुँदै आएको छ । द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादको आविष्कारसहित माक्र्सवादको जन्म भए देखि नै यस माथि पूँजीपति वर्गद्वारा चौतर्फी प्रहार हुँदै आएका तथ्यहरु इतिहास भरी व्याप्त रहेका छन् । माक्र्सवाद पुरानो भयो, यसको औचित्य समाप्त भयो भनेर पूँजीवाद र साम्राज्यवादले हजारौ पटक घोषणा ग¥यो र अहिले पनि गरी रहेका छन् । तर त्यस प्रकारका प्रत्येक प्रहार र घोषणाको विज्ञान सम्मत प्रतिवाद गर्दै माक्र्सवाद–लेनिनवाद–माओवादको यो स्तरसम्म विकसित भएको तथ्य पनि त्यत्तिकै छर्लङ्ग छ ।”
यहि प्रसंगमा नेपाली क्रान्तिको विकास माथिको वैचारीक आक्रमणको डटेर संघर्ष गर्न क्रान्तिकारीहरुलाई निर्देशन दिँदै अगाडी भन्नु हुन्छ –“आज नेपालमा एक पटक फेरी माक्र्सवादको औचित्य समाप्त भएको घोषणा बाबुराम भट्टराई जस्ता ‘विद्वान’का मुखबाट गराउन पूँजीवाद र साम्राज्यवादले सफलता प्राप्त गरेको छ । यस सन्दर्भमा नेपालका सम्पूर्ण सच्चा कम्युनिष्टहरुका अगाडी इतिहासमा संसारभरीका सच्चा क्रान्तिकारीहरुले झै माक्र्सवाद–लेनिनवाद र माओवादको वैज्ञानिकताको रक्षा, प्रयोग विकासका निमित्त कठोर संघर्षद्वारा आफ्नो गौरवपूर्ण जिम्मेवारी पूरा गर्ने अवसर र चुनौती खडा भएको छ ।” नेपाली क्रान्तिकारीहरुलाई अझ प्रशिक्षण गर्दै त्यहि प्रसंगमा कमरेड प्रचण्ड अगाडी भन्नुहुन्छ –“क्रान्तिको विकासका प्रत्येक जटिल मोडहरुमा पूँजीवाद र साम्राज्यवादद्वारा नियोजित वा स्वार्थवश मजदुर आन्दोलनमा घुसेका आफ्ना प्रतिनिधिमार्फत् माक्र्सवाद र श्रमजीवि वर्गमाथि भयानक विश्वासघातका अनगिन्ती नाटकहरु मञ्चन गरिदै आएका छन् । आज त्यहि षडयन्त्र र नाटकको पछिल्लो कडीका रुपमा साम्राज्यवादको नव उदारवादमा समाजवादको अंश मिलाएर नयाँ शक्तिका नाममा बुर्जुवाहरुको खिया लागेको पुरानो हतियारको विज्ञापन गरिदै छ । क्रान्ति र बलिदानको श्रृंखलाद्वारा आफ्नो वर्ग हित र माक्र्सवाद–लेनिनवाद–माओवादको निर्देशनको महत्वबारे सचेत बनेको नेपाली श्रमजीवि जनसमुदाय कदापी बुर्जुवा वर्गको विज्ञापनबाट भ्रमित हुनेछैन । आपूर्ति वर्ग संघर्ष र विचारधारात्मक संघर्षका बीचबाट माक्र्सवाद–लेनिनवाद–माओवादको विकास गर्दै समाजवाद र साम्यवादको महान् आदर्शतिर निरन्तर अगाडी बढिरहनेछ ।” (महिमा साप्ताहिक, २८ मंसिर २०७२)
विश्व क्रान्तिको विकासको लागि मालेमावादनै सर्वहारा वर्गको संघर्ष र मुक्तिको लागि दरिलो वैचारीक हतियारको रुपमा संश्लेषित भएको हुनाले नै यसमाथि पूँजीपति वर्गद्वारा चौतर्फी आक्रमण हुँदै आएको इतिहास हाम्रा अगाडी छ । माक्र्स देखि लेनिन–स्तालीन माओ देखि अहिले ‘प्रचण्ड’ सम्म पूँजीवादी र साम्राज्यवादीहरुले उनीहरुका लालित–पालित प्रतिनिधिहरुलाई केमिकल मिसाई दिएर विचार र नेत्तृत्व विरुद्ध हमला हुँदै आएको छ । लेनिनको विरुद्ध कट्स्की र स्तालीनको विरुद्धमा खु्रश्चेभ अनि माओको विरोधमा लीन प्याओहरु विचारलाई ध्वस्त गर्ने संगठनलाई भताभुंग बनाउने नेत्तृत्वलाई समाप्त गर्ने साम्राज्यवादी बुर्जुवाहरुका भरौटेहरुको खेलको विरुद्ध पनि क्रान्तिकारीहरुले भीषण संघर्ष गरेका छन् । शुरुमा नेत्तृत्वको विश्वास पात्र बन्यो, नेत्तृत्वको देवत्वकरण गर्ने गरी प्रशंसा गरेर माथिल्लो पद हत्याउने अनि नेत्तृत्व जीवित रहे खत्तम गर्ने षडयन्त्रका तानाबुना बुन्ने–जीवित नरहे इतिहासलाई पनि लाज लाग्ने विरोधका कार्य गर्ने प्रवृत्तिका विरुद्ध पनि क्रान्तिकारीहरुले संघर्ष गरेर नै यहाँसम्म आइपुगेका छन् । यस्तो खालको प्रवृत्ति खु्रश्चेभबाट शुरु भयो – लीन प्याओ अलग ढंगले त्यहि प्रवृत्ति अपनायो अनि अहिले नेपाली क्रान्तिको सफलता पाई रहेका समयमा अझै अलग ढंगले त्यो प्रवृत्तिले जन्म लिएको छ । त्यो अह्रौटे–भरौटे प्रवृत्ति अहिलेको क्रान्तिकारीहरुको नेत्तृत्वको विरुद्धमा लीन प्याओ शैलीमा विचार र नेत्तृत्व तथा संगठनलाई ध्वस्त गर्ने षडयन्त्रका तानाबुना बुन्ने प्रयत्नमा छ ।
नेपाली क्रान्तिको दौरानमा त्यस्तो प्रवृत्तिले कहिले प्रचण्डमा लीन भएको स्वांग गर्छ । अहिले माक्र्सवादलाई हिजो र आजको भन्छ भने कहिले चाँहि माक्र्सवाद मरिसक्यो भनेर बर्बराउँछ तर माक्र्सवाद सामाजिक विज्ञान हो । विज्ञान बासी र साजी हुँदैन र मर्दैन पनि । द्वन्दवादमा आधारित विज्ञानको विकास हुन्छ यसका सूत्रहरु पनि परिवर्तन भई नै रहन्छन् । साम्राज्यवादी र पूँजीवादीहरुले माक्र्सकै बेला देखि यसको औचित्य छैन भन्दै आक्रमण गरेका हुन् । त्यसपछिका युगहरुमा हजारौं पटक यस सिद्धान्तको औचित्य छैन भनेर घोषणा गर्दै आएका पनि हुन् । जति पटक तिनीहरु घोषणा गर्छन् त्यत्ति नै पटक साम्राज्यवाद उसका भरौटे–अरौटे प्रतिनिधिहरु माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा र विकास गर्ने क्रान्तिकारीहरुको धरापमा पर्दै आएका छन् ।
विश्व क्रान्तिमा साम्राज्यवादी र पूँजीवादीहरु र तिनका भरौटे–अह्रौटेहरुद्वारा हजारौ पटक मालेमावादका वैचारीक नेत्तृत्व माथि प्रहार गरे पनि ती प्रतिक्रियावादीहरु क्रान्तिकारीहरुको मृत्यु–धरापमा परेर नष्ट भएको इतिहास हाम्रा अगाडी छ । “मानव जातिको इतिहासबाट नष्ट हुन लागेका सबै प्रतिक्रियावादीहरु क्रान्तिकारी शक्तिहरुका विरुद्ध तीव्रताका साथ युद्ध गरि छाड्छन् ।” साँच्ची नै कमरेड माओले भने जस्तै नेपाली क्रान्तिको दौरानमा विज्ञान संगत विचार छोडेर भागेका निहिलीष्टहरु कमरेड सुदर्शनको शब्दमा साम्राज्यवादका ‘दुमछल्लाहरु’ मानव जातिको इतिहासबाट नष्ट हुने बाटोमा लागेकै हुन् र यिनीहरुमा बाह्य केमिकल मिसावट भएकाले अब नष्ट हुने बाटोमा छन् र तिनीहरुको अन्त निश्चित छ । तिनीहरु नेपाली क्रान्तिको विकासको जटिल मोडमा पूँजीवाद र साम्राज्यवादद्वारा नियोजित रुपमा क्रान्तिकारीहरुको बीचमा घुसपैठ गराइएका क्रान्तिका शत्रुहरु मजदुर–किसानहरु विरुद्धमा विश्वासघात, षडयन्त्र र जालझेलका रुपमा खुनी कार्यहरु गरिरहेका छन् । तर यस्ता खालका खुनी तथा बाह्य केमिकल मिश्रित तत्वहरुले नेपाली क्रान्तिका संवाहकहरु, पार्टी हेड क्वार्टर र नेपाली क्रान्तिका कुनै पनि कोणमा असर गर्ने छैन । परिस्थितिले नै यिनीहरुलाई पुरानो खिया लागेको हतियार रछ्यानमा फालिसकिएको अवस्था बनाएको छ ।
कमरेड प्रचण्ड २० औं शताब्दी अन्तिमदेखि २१ औं शताब्दीको नेपाली क्रान्तिको अध्ययन–विश्लेषण–संश्लेषण–विचार–नेत्तृत्व–संगठन र राजनीतिकै सर्वोच्च नेत्तृत्व हो । कमरेड ‘प्रचण्ड’ नेपाली जनताको बीचबाट, नेपाली जनताको मुक्ति युद्धको मैदानबाट निर्माण भएको नेत्तृत्व हो । मालेमावादको वैचारीक राजनीतिलाई नेपाली क्रान्तिको विशिष्ट स्थितिको भट्टीबाट खारीएर निस्केको २१ औं शताब्दीको क्रान्तिको निर्देशक सिद्धान्त हो र विश्व क्रान्तिको हेड क्वार्टरको सांकेतिक पक्ष पनि हो । क्रान्तिको दौरानमा क्रान्तिकारीहरुका बीचबाट भागेर हिड्ने अनि क्रान्ति विरोधी, नेत्तृत्व, विचार र राजनीतिका विरोधी पनि हुन्छन् साथै लीन प्याओ शैलीमा नेत्तृत्वको देवत्वकरण गरेर बखान गरी माथिल्ला पदहरु हत्याउने र पदमा पुगेपछि नेत्तृत्वकै कपाल खौरन शुरु गर्नेहरु मालेमावाद र प्रचण्डका विचार विरोधी प्रकृतिहरु पनि हुन्छन् । नेपाली क्रान्तिको दौरानमा दुवै प्रकृतिहरु खतरनाक साबित भएका छन् । त्यसैले जारी रहेको नेपाली क्रान्तिलाई कमरेड प्रचण्डले बाईस–पच्चीस वर्ष लगाएर अध्ययन–विश्लेषण–संश्लेषण गरी तयारी गर्नु भएको हो । नेपाली क्रान्तिको निसाना तोकेर नै वैचारीक, सांगठानिक राजनीतिको नेत्तृत्व गर्नु भएको छ । क्रान्तिका तयारी पछिको दश वर्ष जनयुद्धहरुबाट प्राप्त उपलब्धिहरुलाई संरक्षण गर्दै सफलतामा पु¥याउन सम्पूर्ण उपलब्धिहरुको रक्षा गर्दै शान्तिपूर्ण क्रान्तिको अवधिमा नेपाली मौलिकतामा र अन्य मुलुकहरुमा भएका क्रान्ति भन्दा भिन्नै नयाँ शैलीमा नेपाली क्रान्तिलाई सफल बनाउने कार्यभार पनि कमरेड प्रचण्डले नै गर्नु भएको छ । अब नेपाली क्रान्तिको मोड नयाँ ढंगबाट फेरिएको छ र क्रान्तिले प्राप्त गरेका सबै उपलब्धिहरु मालेमावादको संश्लेषण कमरेड प्रचण्डका विचारबाट नै भएका हँदा अग्रगामी क्रान्तिको तयारीको लागि सबै कोणका क्रान्तिकारीहरुको वैचारीक र सांगठनिक रुपमा नै एकीकृत हुन बाहेक अर्को बाटो छैन ।


http://www.ratopati.com बाट साभार 

No comments:

Post a Comment