Friday, May 4, 2018

नयाँ पार्टी कसरी बनाउँने, कसरी बन्छ ?

नेपालमा २०४६ को जनआन्दोलन लगतै अर्थात् सन् १९९० मा वाम बौद्धिकहरुबीच ठूलो बहस छलफल भयो । अब नयाँ कम्युनिस्ट आन्दोलन कसरी अगाडि बढ्छ, बढाउनुपर्छ ? किनकि, त्यतिखेर लेनिनले स्थापना गरेको सोभियत कम्युनिस्ट पार्टी र राज्यसत्ताको पतन भएको थियो । सोभियत संघ विघटन गरिएको थियो, सोभियत कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाई त्यसका सबै सम्पत्ति सहित जफत गरिएको थियो । ७० वर्ष लामो विश्वको पहिलो वैज्ञानिक समाजवादी क्रान्ति पूर्णतः ध्वस्त गरिएको र भएको थियो । त्यस घटनाले विश्वभरिका कम्युनिस्टहरुलाई र कम्युनिस्ट बिचारधाराका वामपन्थीहरुलाई निधार खुम्च्याउनुपर्ने स्थितिमा पुर्याइएको थियो । र, त्यसैले विश्वभरका कम्युनिस्ट एवं वामपंथीहरुलाई नयाँ ढङ्गले कम्युनिस्ट आन्दोलनलाई संगठित गर्न, नयाँ परिवेशमा नयाँ सिद्धान्तलाई जन्म दिन अध्ययन, चिन्तन मनन र बहस छलफलमा उतार्ने काम परिस्थितिले गराएको थियो । त्यसको हुरी नेपालमा पनि पुगेको थियो । नेपालमा भर्खरै वामपंथी कम्युनिस्ट शक्तिहरुकै बलमा जनआन्दोलनले पञ्चायतलाई फालेको अवस्था थियो, तर त्यसो हुँदा पनि विश्व कम्युनिस्ट आन्दोलनमा आएको संकटले गर्दा नेपाली वाम एवं कम्युनिस्ट बुद्धिजीविहरु नयाँ शिराबाट कम्युनिस्ट आन्दोलनलाई पुनःसङ्गठित गर्न जरुरीको विषयमा बहस छलफलमा जुटेका थिए ।
कम्युनिस्ट आन्दोलनकारीहरु आलोचनात्मक चेत सहित बाँच्न सकिएन भने, जुन लक्ष्यलाई लिई हिँडेको हो त्यो कहिल्यै पूरा हुने वाला छैन, बरु जो वर्गीय कोणबाट दुश्मन हो त्यसको नै सेवा गरी हामीले आफ्नो अमूल्य जीवनलाई सिध्याएका हुन्छौं भनी सोचौं भन्ने मेरो आग्रह मात्र हो ।
अहिले विश्व कम्युनिस्ट आन्दोलनको स्थितिभन्दा पनि नेपाली कम्युनिस्ट आन्दोलनको स्थिति नयाँ मोडमा पुगेको छ । यानी कि अहिलेको स्थिति भनेको तरल अवस्थाको हो । बाहिरबाट हेर्दा दुई ठूला कम्युनिस्ट पार्टीहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता भई वृहत कम्युनिस्ट पार्टी बन्न गइरहेछ । तर, स्थिति त्यस्तो छैन । नेकपा (एमाले) ले त हिजैकै समयमा अर्थात् गणतन्त्र आउनुअगाडि नै राजनीतिक यथास्थितिको पक्षपोषणमा लागिसकेको थियो । उसले वर्ग सङ्घर्षको बाटोलाई त्यागी सकेको थियो । यहाँसम्म कि उसले त्यतिखेर त सामन्तवादसँग पनि लड्न छाडिसकेको थियो । उसले साम्राज्यवादसँग पनि साझेदारी गरिसकेको थियो । गणतन्त्रको प्राप्तीका लागि भएको पछिल्लो सङ्घर्षहरुमा त ऊ घिस्रिएर आएको स्थिति थियो । भलै उसको सङ्गठन प्राविधिक कोणबाट बलियो थियो, आम पार्टी पंक्तिमा नेतृत्वको पकड राम्रो थियो, तर श्रमजीवि वर्गीय आन्दोलनको दृष्टिले त्यो फरक कित्तामा पुगिसकेको थियो । २०४७ सालको सम्विधानलाई अपरिवर्तनीय र उत्कृष्ट भन्नु, सरकारमा जान जे पनि गर्नु, पार्टीमा दलाल पुँजीजिवी वर्गका प्रतिनिधिहरुलाई उच्च स्थान दिनु, राजा ज्ञानेन्द्रले ‘कू’ गरी बनाएको सरकारमा प्रधानमन्त्री हुन दरवारमा निवेदन हाल्न जानु, राजा ज्ञानेन्द्रलाई दाम राखी ढोग्न जानु, राजा ज्ञानेन्द्रले पार्टीहरुलाई सरकार बनाउन दिँदा प्रतिगमन आधा सच्चियो भनी सरकारमा सामेल हुन जानु, गणतन्त्रको ‘ग’ पनि उच्चारण गर्न मन नपराउनु, गणतन्त्र प्राप्तीका लागि हुँदै गरेका जनयुद्धविरुद्ध विष वमन गर्दै हिँड्नु, सुराकी गर्नु, नेतृत्वको अपारदर्शी र उच्च वर्गीय आर्थिक हैसियत सहितको दैनिकी चल्नु यी सबै तथ्य र परिघटनाहरुले नेकपा (एमाले) उसले आफूलाई मार्क्सवादी र लेनिनवादीको संज्ञा दिँदै कम्युनिस्ट पार्टीकै नाममा प्रस्तुत गरिरहेको भए पनि त्यसले आफूलाई वस्तुतः गैर कम्युनिस्ट पार्टीमा रुपान्तरण गरिसकेको प्रष्ट थियो । यसोभन्दा त्यस पार्टीभित्रका कैयौं इमान्दार कार्यकर्ताहरुलाई चित्त दुख्ला । किनकि, अझै पनि त्यस पार्टीभित्र समाजवाद र साम्यवाद प्राप्तीको अभियान त्यही पार्टीको सिद्धान्त र नेतृत्वबाट सम्भव छ भनी बसेकाहरु बग्रेल्ती छन् । उनीहरुलाई चित्त दुखाउनका लागि त्यसो भनेको पक्कै होइन । तर, कम्युनिस्ट आन्दोलनकारीहरु आलोचनात्मक चेत सहित बाँच्न सकिएन भने, जुन लक्ष्यलाई लिई हिँडेको हो त्यो कहिल्यै पूरा हुने वाला छैन, बरु जो वर्गीय कोणबाट दुश्मन हो त्यसको नै सेवा गरी हामीले आफ्नो अमूल्य जीवनलाई सिध्याएका हुन्छौं भनी सोचौं भन्ने मेरो आग्रह मात्र हो ।
जनआन्दोलनको बलसँग केही नलागेपछि २०६३ सालको सुरुमा राजा ज्ञानेन्द्रले जनतासँग घुँडा टेके । विघटिट संसद पुनस्र्थापित भयो । पछि त्यही संसदमा जनयुद्धबाट आएका माओवादीहरुलाई पनि झण्डै आधा हैसियत दिई सामेल गराइए । यसो किन गरियो भने हिजो कांग्रेस र एमालेले माओवादी जनयुद्धलाई जति गाली गरे पनि, त्यसबिरुद्ध जति सुराकी एवं बदनामीको प्रचार गरे पनि आखिर राजतन्त्रलाई कमजोर पारी भीरको डिलमा पुर्याउन चाहिँ त त्यही जनयुद्धले नै त काम गर्यो नि भन्ने स्विकारोक्ति थियो त्यो । जनयुद्ध बिना जनआन्दोलनको बलमा मात्रै राजतन्त्रलाई घुँडा टेकाउने स्थिति आउँदैनथ्यो भन्ने स्विकारोक्ति थियो त्यो, भलै राजाले स्वयं उनीहरुलाई नन्याकेसम्म त्यसलाई नै जोगाउन उनीहरु लागी परेका थिए ।
पहिलो सम्विधान सभाको निर्वाचनमा नेपाली जनताले तत्कालीन नेकपा (माओवादी)लाई कांग्रेस र एमालेको सापेक्षतामा अत्यधिक मत दिए । संविधानसभामा माओवादी सभासदहरुको सङ्ख्या कांग्रेस र एमालेको जोड्दा पनि भेट्दैनथ्यो ।
कांग्रेस त २०३३ सालमा त्यसका सर्वोच्च नेता विपि कोइरालाले राजतन्त्रसँगको मेलमिलापको नीति लिई स्वदेश फिर्ता भए यतादेखि नै त्यस्ता खालका मुद्दाविरोधी त रहँदै नै आएको थियो । २०४६ सालमा वामपंथी शक्तिहरुसँग मिलेर पञ्चायतविरोधी आन्दोलन गर्दा पनि ऊ राजतन्त्रलाई कमजोर मात्र पार्न चाहन्थ्यो सखाप नै होइन । 
संविधानसभाबाट संविधान निर्माण गर्नका लागि दुईतिहाइ बहुमत चाहिन्थ्यो । कांग्रेस र एमालेको तुलनामा धेरै ज्यादा भएपनि माओवादीसँग दुईतिहाइ मत भने थिएन । माओवादीले जनयुद्ध र जनआन्दोलनको बेला मूलतः चार नारा दिएको थियो– गणतन्त्र, समानुपातिक समावेशीता, संघियता र धर्मनिरपेक्षता । अन्य नाराहरुमा मौलिक हक अधिकार, सामाजिक न्याय, समाजवादी अर्थतन्त्र आदि पनि छन् । जनयुद्धको रापले मुलुकलाई पूरै नगाँज्दासम्म र राजा ज्ञानेन्द्रले राजनीतिक दलहरुको औचित्यलाई पूरै सखाप पार्ने अभ्यास नगर्दासम्म ती प्रमुख चार वटै मुद्दाहरुप्रति कांग्रेस–एमाले नकारात्मक नै थिए । कांग्रेस त २०३३ सालमा त्यसका सर्वोच्च नेता विपि कोइरालाले राजतन्त्रसँगको मेलमिलापको नीति लिई स्वदेश फिर्ता भए यतादेखि नै त्यस्ता खालका मुद्दाविरोधी त रहँदै नै आएको थियो । २०४६ सालमा वामपंथी शक्तिहरुसँग मिलेर पञ्चायतविरोधी आन्दोलन गर्दा पनि ऊ राजतन्त्रलाई कमजोर मात्र पार्न चाहन्थ्यो सखाप नै होइन । त्यसैले उसको वर्ग चरित्र अनुसार त्यसो हुनु स्वभाविक थियो । तर, नेकपा एमाले जसले आफूलाई मार्क्सवादी लेनिनवादी कम्युनिस्ट पार्टी भन्छ, ऊ नै गणतन्त्र, समानुपातिक समावेशीता, संघियता र धर्मनिरपेक्षताको विरोधी हुनु भनेको त्यस पार्टीको नेतृत्व पंक्तिको वर्ग उत्थान हो । यति हुँदाहुँदै पनि परिस्थितिले ०६२/६३ को जनआन्दोलनसम्ममा उनीहरुलाई ती मुद्दाहरुप्रति सकारात्मक हुन वाध्य पार्यो ।
संविधानसभामा माओवादीको दुईतिहाइ मत नपुगेको अवस्थालाई मौकाको रुपमा लिई एमालेले कांग्रेससँगै हाँमा हाँ मिलाई सुरुमा गणतन्त्र घोषणा गर्नमै संक्रमणकालीन राजनीतिक प्रणालीको स्वरुप निर्धारणमा बार्गेनिङ गर्यो भने, संघीयताको सवालमा त उसले ४ वर्षसम्म षडयन्त्र, जालझेल आदिइत्यादि गरी त्यो मुद्दालाई तुहाउन नै प्रयत्न गर्यो । आखिरमा पहिलो सम्विधानसभा सम्विधान नबनाईकन नै अवसान भयो । पहिलो सम्विधानसभालाई तुहान एमालेले कांग्रेससँग मिली न्वारनदेखिको बल किन लगायो ? किनकि, त्यस सम्विधानसभामा संघीयता पक्षधरताहरुको दुई तिहाइ बहुमत थियो । यदि त्यसबाट सम्बिधान बनाउने हो भने स्वशासन सहितको संघीयता दिन उनीहरु बाध्य हुन्थे । त्यस स्थितिलाई पार लगाउनका लागि उनीहरु जसरी पनि त्यो संविधानसभा भङ्ग गराउने चालमा लागे । त्यसलाई माओवादीको अपरिपक्व कार्यनीति र पार्टीभित्र राजनीतिक पावरका लागि भएको आन्तरिक कलहले सजिलो बनाइदियो, जसले गर्दा माओवादीका प्रधानमन्त्रीकै हातबाट पहिलो सम्विधानसभा विघटन हुन पुग्यो ।
गणतन्त्रका लागि भएको जनयुद्ध र जनआन्दोलनमा माओवादीको अगुवाइ एवं तागतले काम गरेको भएपनि गणतन्त्र प्राप्तीपछि माओवादीभित्र दर्शन, सांगठनिक सिद्धान्त, जीवनशैली र संस्कृतिमा भएको अस्पष्टताले गर्दा त्यो पार्टी भित्रभित्र भ्रष्ट हुँदै गइरहेको थियो । नेताहरु क्रान्तिकारी आन्दोलनलाई निरन्तर अगाडि बढाउने मामिलामा भित्रभित्र थाकिसकेका थिए । आफ्नो मनस्थितिलाई लुकाएर अगाडि जानका लागि बिभिन्न बहनाबाजी बनाउनुपर्ने र क्रान्तिकारी सिद्धान्त, दर्शन, संस्कृति र नीति—कार्यक्रमहरुलाई आफू अनुकूल बनाई त्यसलाई क्रान्तिकारी लेप लगाउनुपर्ने हुन्थ्यो, जुन उनीहरुले गरे ।
जनयुद्धको समयमा जनतालाई आर्थिक तथा भौतिक रुपले सहभागी गराउने सवालमा माओवादीले थुपै्र अप्रिय व्यवहार पनि गर्यो । जवर्जस्ती चन्दा, जवर्जस्ती युद्ध र युद्धसम्बन्धी जोखिम काममा संलग्नता, जवर्जस्ती सभा समारोहमा सहभागिता आदिजस्ता अति दबावको व्यवहार सर्वसाधारणसँग समेत माओवादीले गरेका थिए । तै पनि जनताले जनताको पक्षमा राजनीतिक तथा आर्थिक पक्षमा उनीहरुबाट केही उन्नत काम हुन्छ कि भन्ने आशा गरेर ती अप्रिय व्यवहारलाई थाती राखेका थिए । तर, माओवादी सरकारमा गएपछि ती जनअपेक्षित कामहरु हुन सकेनन् ।
दोश्रो सम्बिधानसभामा माओवादीको सर्मनाक हार हुनुमा देशीविदेशी प्रतिक्रान्तिकारीहरुको भूमिकालाई शतप्रतिशत नकार्न त सकिन्न, तर त्यो मुख्य पक्ष थिएन । मुख्य पक्ष भनेको पहिलो सम्विधानसभापछि माओवादी सरकारमा गयो, तर उसले जनताले चाहेको अपेक्षित काम गर्न सकेन । जनयुद्धको समयमा जनतालाई आर्थिक तथा भौतिक रुपले सहभागी गराउने सवालमा माओवादीले थुपै्र अप्रिय व्यवहार पनि गर्यो । जवर्जस्ती चन्दा, जवर्जस्ती युद्ध र युद्धसम्बन्धी जोखिम काममा संलग्नता, जवर्जस्ती सभा समारोहमा सहभागिता आदिजस्ता अति दबावको व्यवहार सर्वसाधारणसँग समेत माओवादीले गरेका थिए । तै पनि जनताले जनताको पक्षमा राजनीतिक तथा आर्थिक पक्षमा उनीहरुबाट केही उन्नत काम हुन्छ कि भन्ने आशा गरेर ती अप्रिय व्यवहारलाई थाती राखेका थिए । तर, माओवादी सरकारमा गएपछि ती जनअपेक्षित कामहरु हुन सकेनन् । हिजो युद्धमा लडेर आएका नेता कार्यकर्ताहरु समेत आआफ्नो थैली भर्नतर्फ नै तल्लीन हुन पुगे । जो सत्ताको पहुँचमा पुग्न सकेनन्, उनीहरुको आर्थिक व्यवस्थापन पनि पार्टीले गर्न सकेन । विशेष गरी ज्यान फाली युद्धमा होमिएका लडाकुहरुको समेत उचित आर्थिक व्यवस्थापन हुन सकेन ।
क्यान्टोनमेन्टमा बसेका लडाकुहरु र अझ संयुक्त राष्ट्रसंघको शान्ति मिशनले प्रमाणित गरेका लडाकुहरुको हकमा त केही व्यवस्थापन भयो, तर जजसलाई अयोग्य ठहर्याइए उनीहरुको हालत खराब बन्यो । हिजोको युद्धको समयमा पार्टीले पार्टीको ढुकुटी चन्दा (पुँजीपति वर्गलगायत सर्वसाधारणहरुसँग समेत धम्क्याएर लिने आर्थिक सहयोग समेत), बैंक कब्जा, लेवी आदिबाट भर्ने गरिन्थ्यो र त्यही ढुकुटीबाट जनसेनाको भरणपोषण लगायत पार्टीको खर्च चलाउने गरिन्थ्यो । र, पार्टीका नेता कार्यकर्ताहरु पनि अभावमा या थोरै खर्चमा जीवन चलाउने अभ्यासमा अभ्यस्त थिए । तर, शान्ति सम्झौतामा आइसकेपछि ती सबै आर्थिक स्रोतमा गडबडी पैदा भयो । शान्ति प्रक्रियाबाट वैधानिक बाटोमा आइसकेपछि अब पार्टीले कोही पुँजीपतिलाई धम्क्याएर चन्दा उठाउनु पनि भएन, बैंक कब्जा गर्न पनि भएन र सर्वसाधारणमा उर्दी जारी गरेर आर्थिक संकलन पनि गर्नु भएन । पार्टी केबल पार्टी सदस्य र शुभचिन्तकहरुको लेवीबाट मात्र चलाउनुपर्ने अवस्थामा आयो । तर, पहिले अवैधानिक स्रोतबाट वालछ्याल रकम संकलन गरी वालछ्याल खर्च गर्ने प्रवृत्ति त पार्टी नेतृत्व र कार्यकर्ताहरुमा बानी परिसक्यो । अर्को, हिजो जनयुद्ध संचालन गर्दा थुप्रै युवाहरु अविवाहित थिए । नेताहरु स्वयं पनि युवा अवस्थाका नै थिए, पचास नकाटेका । दश वर्षसम्म जनयुद्धमा समय खर्च भइसकेपछि उनीहरु अविवाहिताबाट विवाहिता, युवाबाट प्रौढ, साना सन्तानका अभिभावकबाट जवान छोराछोरीका मातापितामा परिणत भइसके । भन्नुको अर्थ के भने उनीहरुका घरायसी तथा व्यक्तिगत आवश्यकता हिजो जनयुद्ध सुरु हुँदाको समयमा भन्दा धेरै फरक र ज्यादा भइसके । तर, पूर्ति गर्ने स्रोत भने हिजोको तुलनामा झन सिमित बन्यो ।
नेता कार्यकर्ताहरुको व्यक्तिगत र निजी परिवारको बढ्डो आर्थिक आवश्यकता पूर्तिका लागि पार्टी कोषलाई दुरुपयोग गर्न कहिँबाट नछेक्ने प्रणाली विद्यमान थियो र त्यो अवसरलाई पहुँच भएका सबैजसो नेता कार्यकर्ताहरुले प्रयोग गरे । मनोवैज्ञानिक कोणबाट हेर्दा ‘पार्टी र क्रान्तिका लागि यत्रो मेहनत, परिश्रम, जोखिम मोल्ने र बलिदान त गरिसकियो भने अहिले पार्टीको आम्दानीबाट मैले यति आफ्नो लागि खर्च गर्दा गलत कहाँ हुन्छ र ?’ भन्ने भाव पैदा हुनु स्वभाविक थियो ।
हिजो जनयुद्धको समयमा आर्थिक संकलन गरिल्याउँदा के कति ल्याए र त्यो कुन निश्चित कोषमा राख्ने भन्दा पनि त्यसलाई नेताकहाँ बुझाइदिने चलन थियो । स्रोतबाट कसले कति ल्याएको साँचो हो भन्ने कुराको कुनै लेखा परीक्षण गर्ने चलन थिएन र त्यस्तो प्रक्रिया सुरुदेखि नै नचलाउँदा बिचमा चलाउनु सम्भव पनि थिएन । कार्यकर्ताहरु तथा लडाकुहरुले ज्यान जोखिममा पारेर आर्थिक संकलन त गरेर ल्याए, तर त्यो संकलित रकममा आँखा गाडेर लुकाउने घटनाहरु पनि प्रशस्तै घटे । नेताहरुले पनि लेखा परीक्षणको कुनै मूर्त प्रणाली बिनाको ढुकुटी संचालनमा हुने अनियमिताको अभ्यास गरे । सबै अनियमिततालाई पार्टी र सेनाको गोपनियता कायम गर्नका लागि अपार्दशिता बनाइए । नेता कार्यकर्ताहरुको व्यक्तिगत र निजी परिवारको बढ्डो आर्थिक आवश्यकता पूर्तिका लागि पार्टी कोषलाई दुरुपयोग गर्न कहिँबाट नछेक्ने प्रणाली विद्यमान थियो र त्यो अवसरलाई पहुँच भएका सबैजसो नेता कार्यकर्ताहरुले प्रयोग गरे । मनोवैज्ञानिक कोणबाट हेर्दा ‘पार्टी र क्रान्तिका लागि यत्रो मेहनत, परिश्रम, जोखिम मोल्ने र बलिदान त गरिसकियो भने अहिले पार्टीको आम्दानीबाट मैले यति आफ्नो लागि खर्च गर्दा गलत कहाँ हुन्छ र ?’ भन्ने भाव पैदा हुनु स्वभाविक थियो । तर, पारदर्शी ढङ्गले त्यो गर्न सकिन्नथ्यो । किनकि, त्यो स्रोतमा त त्यतिकै योगदान पुर्याएका अरुको पनि त हक लाग्थ्यो । स्रोत सिमित न हुन्छ, त्यसैले सबैलाई बाँड्न पनि पुग्दैनथ्यो । त्यसैले निजी आकाङ्क्षा पुर्याउनका लागि अपार्दर्शिताको बाटो नअङ्गाली धरै हुँदैनथ्यो । सुरुमा सामान्यजस्तो लाग्ने अपार्दर्शिताको यो संस्कृति मौलाउँदै पछि सिङ्गो पार्टी पंक्तिमा फैलियो ।
माओवादी पार्टी शान्ति प्रकृयामा आएपछि सत्ताका लागि चुनावी प्रकृया पनि भाग लिनुपर्ने भयो, भाग लियो । नेपाली संसदीय चुनाव प्रणाली भारतको सिको गरी निर्माण गरिएको हो, जसमा उम्मेदवारले प्रशस्त खर्च गर्नुपर्दछ । जनताको तहबाट आएका माओवादी नेता कार्यकर्ताहरुले त्यो खर्च कसरी गर्ने ? चुनावमा जानासाथ यो समस्या त आइनैपर्यो । उनीहरुले सुरुको संविधानसभाको चुनावमा त खासै व्यहोर्नु परेन । किनकि, त्यतिबेला खासै खर्च नगरी नै जनयुद्ध र जनआन्दोलनको रापतापले जनताले सहजै उनीहरुलाई मत दिई जिताए । तर, दोश्रो सम्विधानसभाको चुनावदेखि यो समस्या आइपर्यो । र, जजसले सत्तामा पुगेर मिलाई नमिलाई जे गरेर भएपछि आर्थिक जोहो गरे उनीहरुले चुनावमा प्रशस्त खर्च गर्न सके जो सत्तामै पुगेनन् अथवा जो पुगेर पनि अनियमितता गर्न जानेनन् वा अनियमितता गर्ने संस्कृति अभ्यास गरेनन् उनीहरुलाई चुनावमा धौधौ भयो । यसले गर्दा पार्टीभित्र पनि फरक वर्गहरु जन्म हुन पुगे । कोही हुनेखाने, कोही अभावग्रस्त ।
जब पार्टीभित्र नयाँ वर्गहरु जन्मिन थालिए, उनीहरुलाई आआफ्नो विरासत जोगाउन, हुर्काउन बल चाहिने भयो । त्यो शक्ति आर्जन गर्नका लागि गुट उपगुटको अनिवार्य रुपले जन्म हुन पुग्यो । र, गुट उपगुटको तार्किक अस्तित्वको लागि बिभिन्न राजनीतिक नीति, बिचार, कार्यक्रमको आवरण आवश्यक हुन्छ, जसलाई उनीहरुले राम्ररी नै निर्माण गरे । पार्टीभित्र गुट उपगुटको अन्तरसङ्घर्ष दर्शन, सिद्धान्त, बिचार, नीति तथा कार्यक्रममा हुने फरकपना त देखाइन्थ्यो नै तर मुख्य गुप्त कुरा त्यो हुँदैनथ्यो । गुह्य कुरा त आआफ्नो गुटहरुको स्वार्थ रक्षार्थ नै आन्तरिक सङ्घर्ष हुनेगथ्र्यो, जसलाई बिचार फरकको जामा लगाइन्थ्यो । यही प्रक्रियामा अगाडि जाँदा आन्दोलन र क्रान्तिका एजेन्डाहरु पछाडि पर्दै गए । पार्टी टुक्रा टुक्रामा बिभाजित हुन पुग्यो ।
जनयुद्ध छाडिएको त अब जुग बितिसक्यो, अर्थात् त्यसले झण्डै डेढ वर्ष छुन खोज्दैछ । यतिका लामो समयमा
नेता कार्यकर्ताहरुको जीवनमा धेरै परिवर्तन आइसक्यो । अब जनयुद्धका गाथाहरु त कोहीको त्यही कसैलाई सुनाएर आफूलाई अरुभन्दा बढी क्रान्तिकारी र श्रेष्ठता हासिल गर्ने औजार बनेको छ, कोहीलाई पार्टीमा पद प्राप्त गर्ने हतियार बनेको छ, कोहीको निम्ति सरकारमा जानका लागि बार्गेनिङ गर्ने विषय बनेको छ भने ती केही पनि गर्ने अवसर नपाएकाहरुका लागि चिया पसलमा गफ गरेर सर्वसाधारणमाझ आफू भिन्नै मान्छे हो भन्ने देखाई आत्मसन्तुष्टी लिने विषय बनेको छ । भन्नुको तात्पर्य समाजवाद र साम्यवादको सपना बोकी चलाइएको महान जनयुद्धको भावनाको अवसान हुन पुगेको छ ।
सिङ्गो माओवादी पार्टी नै अहिले आफ्नो विरासतबाट डराएको र त्यसबाट बाहिर जान खोजेको अवस्था हो । यही कारणले नै माओवादीको एमालेसँग पार्टी एकता सम्भव हुन सकेको हो ।
यस्तो किन भयो ?
नेपाली र विश्व कम्युनिस्ट आन्दोलनले अहिले निधार खुम्च्याउनेपर्ने कुरा नै यही हो । एउटा भरभराउँदो कम्युनिस्ट आन्दोलन जसले नेपाललाई मात्र होइन विश्वलाई नै चकित पार्दै एकपछि अर्को सफलता हासिल गर्दै सबैलाई प्रेरणा प्रदान गरेको थियो । तर, त्यही शक्ति हेर्दाहेर्दै नै छोटो समयमा नै धरासायी हुन पुग्दैछ । नेपालमा त्यो क्रान्तिको अवसान हुन गइरहेछ । किन ?
के यो कुनै राजनीतिक बिचारमा आएको बिचलितताको कारणले मात्र हुन सम्भव भयो ? के यो देशी बिदेशी प्रतिक्रियावादी शक्तिको षडयन्त्रको कारणले नै हुन गयो ?
पक्कै पनि राजनीतिक बिचार, नीति, कार्यक्रममा आउने बिचलन र देशी बिदेशी प्रतिक्रियावादी शक्तिहरुको षडयन्त्रहरुको भूमिकालाई पनि नजरअन्दाज गर्न मिल्दैन । तर, नेतृत्वलगायत सिङ्गो पार्टी नै धरासायी हुनु वा क्रान्तिको बाटोबाट फरक दिशामा जानु भनेको फरक बिचार, नीति तथा कार्यक्रम र प्रतिक्रियावादीहरुको षडयन्त्रको भूमिका भन्दा पनि पार्टीको संस्कृति र सञ्चालनमा रहेको प्रक्रियाको विफलताले हुने गर्दछ । पार्टीमा नेता कार्यकर्ताबिच फरक बिचार आउनु अस्वभाविक होइन, तर फरक बिचारहरुलाई निश्चित दिशा कसरी प्रदान गर्ने भन्ने सवाल प्रमुख हो । पहिलो कुरो त फरक बिचार नै कहाँबाट जन्म हुन्छ भन्नेमा चिन्तनको आवश्यकता छ ।
मान्छेमा बिचार भनेको उसले लिने वा ऊसँग भएको ज्ञान, उसको भोगाई र उसको आर्थिक—सामाजिक—साँस्कृतिक सम्बन्धको कारणबाट जन्मिन्छ । चेतना पनि त्यही आधारमा बन्दछ । चेतनाको आधारमा बिचार निर्माण हुन्छ । बिचारको आधारमा मान्छेले नीति तथा कार्यक्रम बनाउँदछ । यी कुनै पनि कुराहरु अमूर्त, त्यतिकै दिमागमा पलाउने आत्मिक कुराहरु होइनन् । भौतिक यथार्थताको परिमाण र गुणस्तरमा निर्धारित हुने कुराहरु हुन् । त्यसैले बिना कुनै आधार त्यतिकै कसैको दिमागमा बिचार जन्मिँदैन पनि परिवर्तन हुँदैन पनि ।
मान्छे जन्मँदा त जनावर नै हो त । त्यसलाई मान्छे बनाउने त समाजले हो । मान्छेमा आत्मालाई जन्माउने पनि समाजले नै हो । जन्मिँदा आमाबाबुले त भौतिक शरीर मात्र उत्पादन गर्ने हो, आत्मा नै चाहिँ होइन । जन्मिएको मान्छेको समाजसँगको पहिलो सम्बन्ध आमाबाट हुन्छ । त्यसैले मान्छेमा आत्मा जन्माउने कामको सुरुवात पनि आमाबाट नै हुन्छ । आत्मा स्थिर हुँदैन गतिशील हुन्छ । यो सूचना, संवेग र ज्ञानको मार्गबाट परिष्कृट हुँदै गतिशील बन्दछ । ती मार्गहरु समाजले प्रदान गर्दछ ।
त्यसैले मान्छेमा जनावरको प्राकृतिक स्वभाव रहन्छ, त्यो हो निजी स्वभाव । किनकि, जनावरलाई आफ्नो परिवेशमा उपलब्ध सिमित स्रोत उपभोग गरी बाँच्नका लागि त्यो स्रोत आफूले नै हासिल गर्नुपर्ने बाध्यता हुन्छ । प्रशस्त घाँस भएको घाँसे मैदानमा मृगहरु मिलेर नै बसेका हुन्छन्, तर सिमित मात्र घाँस भएको ठाउँमा तिनीहरु झगडा गर्छन्, खानका लागि । किनकि, बाँच्नका लागि त्यो तिनीहरुको बाध्यता हो । मान्छे मात्र हो जसले माया र प्रेमको लागि सिमित स्रोत हुँदाको अवस्थामा आफूले नखाई पनि अरुलाई ख्वाई दुःख र पीडा झेल्न सक्छ । मान्छेमा हुने भावना र चेतनाको कारणले यो सम्भव भएको हो ।
तर, समाज वर्ग बिभाजित भइसकेपछि चेतना पनि वर्गीय हुन थाल्यो । अर्थात् आफ्नो वगृको नै स्वार्थ हेर्ने संस्कृति जन्म भयो । निजी स्वार्थलाई प्राथमिकतामा राख्ने गुण त जनावरको हो, जुन कसैलाई सिकाउनु पर्दैन, जन्मँदा नै मान्छेले लिएर आउँछ । त्यो गुणलाई चेतनाले पन्छाउन सकिने हो । चेतना ज्ञान र सम्बन्धको आधारमा प्राप्त हुन्छ ।
नयाँ कम्युनिस्ट आन्दोलनको सन्दर्भ
पछिल्लो समयमा नेपालका लागि मात्र होइन विश्वको लागि नै एउटा पे्ररणादायी कम्युनिस्ट आन्दोलन र शक्ति नेपाली माओवादी बनेको सन्दर्भमा त हामीले धेरै चर्चा गर्यौं नि । तर, त्यो अहिले आफैभित्रको पुँजीवादीकरण र भ्रष्टीकरणको रोगले ग्रसित भई त्यसको पटाक्षेप अब एमालेसँग पार्टी एकता गर्ने काम सम्पन्न भएर अवसानको बाटो लिएपछि हुने कुरा पनि गर्यौं । तर, अबको नयाँ कम्युनिस्ट आन्दोलनको पुनर्त्थान कसरी हुन्छ त ? यो प्रश्न बढी गम्भीर छ ।
हतार हतार कुनै एउटा दस्तावेज बनाई आफूहरु पुरानाहरुभन्दा भिन्दै देखाउँदैमा नयाँ आन्दोलनको थालनी हुन्छ त ? नयाँ सोच र चिन्तन भएकाहरु हौं भन्नेहरु मुलुक भरिबाट जम्मा गरेर कुनै अमुक नामको भेला वा सम्मेलन गरेर निर्वाचित नेतृत्व निर्माण गर्दैमा यो कामको थालनी हुन्छ त ? पुरानाहरुलाई गाली गर्ने जतिलाई बटुलेर उनीहरुको संलग्नतामा नयाँ समूह बनाउँदैमा नयाँ आन्दोलन सुरु हुन्छ त ? कोही सिमित नेतृत्वदायी व्यक्तित्वहरुले खास समय लगाएर अध्ययन गरी ल्याएका खास बिचारका आधारमा तय गरिएका कार्यदिशालाई लिपिबद्ध गरी त्यसलाई मान्ने गरी कार्यक्रम बनाएर नै आन्दोलनको सुरुवात हुन्छ त ?
यी प्रश्नहरु गम्भीर छन् । अब उत्थान गर्ने कम्युनिस्ट आन्दोलन भनेको नेपालकै सन्दर्भमा पनि ६९ वर्षको क्रममा के कति नीति, कार्यक्रम र कार्यदिशा बने भन्ने सवाल मात्र होइन, कस्ताकस्ता प्रवृत्तिहरु किन र कसरी जन्मिए र ती गलत प्रवृत्तिहरु अबको आन्दोलनमा जन्म नहुने प्रक्रिया, प्रणाली र संरचना सहितको स्पष्ट धारणा बनाएर नै सुरुवात गर्नु जरुरी छ ।
विगतमा क्रान्तिको नीति, कार्यक्रम र कार्यदिशामा हामीले बढी जोड दियौं । ती कुराहरु बढी महत्वका अवश्यै हुन् । तर, ती कुराहरु कार्यान्वयनका लागि चालक शक्ति भनेको पार्टी हो र पार्टी कस्तो चरित्रको हो भन्ने कुरा महत्वको विषय बन्दछ । जसरी समाजको सवालमा कुरा गर्दा अर्थतन्त्र जग, राजनीति पर्खाल तथा भित्ताहरु र संस्कृति छानो भनेर विश्लेषण गरिन्छ, त्यसरी नै पार्टी त झन नयाँ समाज निर्माण गर्ने मुख्य समाज भएको कारणले गर्दा त्यसमा पनि ती कुराहरु झनै लागु हुन्छन् । समाजमा आर्थिक सम्बन्धको आधारमा आमजनताको ज्ञान, चेतना र संस्कृति निर्माण हुने कुरा जुन सत्य हो त्यसरी नै पार्टीभित्र पनि नेता कार्यकर्ताहरुको आर्थिक सम्बन्धको आधारमा उनीहरुको ज्ञान, चेतना र संस्कृति निर्माण हुने पनि सत्य हो ।
पार्टीको काममा जति नै क्रियाशील र प्रतिवद्ध भए पनि कुनै नेताको आर्थिक स्रोत र सम्बन्ध गैर न्यायिक क्षेत्रसँग हुन्छ भने उसको संस्कृति त्यही मुताविक नै बनेको हुन्छ । त्यसैले पार्टीभित्र आर्थिक जोहोको स्रोत के बनाउने, नेता कार्यकर्ताहरुको जीवन निर्वाहको स्रोत के हुन्छ र ती सबैको आर्थिक स्रोत एवं सम्बन्ध पार्टी पंक्तिमा पारदर्शी हुन्छ कि हुन्न ? स्रोत र सम्बन्ध निजी धन आर्जनमा आधारित हुन्छ कि सामाजिक स्रोत र सम्बन्धमा आधारित हुन्छ ? यी कुराहरुले नै पार्टी, नेता र कार्यकर्ताहरुको संस्कृति निर्माण गर्ने गर्छन् ।
पहिलो कुरो अबको आन्दोलन निजी स्वार्थको कुरामात्र होइन निजी चिन्तनबाट समेत मुक्त हुनुपर्छ भन्ने सिद्धान्तमा आधारित हुनुपर्छ । म, मेरो नाम, मेरो बिचारको मोहबाट समेत मुक्त हुनु जरुरी छ । यी कुराहरु हुँदासम्म अरु कोहीले दिएको बिचारमा आफ्नो कुराको मेल नहुँदा रिस उठ्ने गर्दछ । रिस किन उठ्छ ? रिसको स्रोत के हो ? रिसको स्रोत भनेको चिन्तनको निजीकरण हो । चिन्तन समय र परिवेशमा उपलब्ध ज्ञान र चेतनाको अन्तर्क्रियाको निचोड हुनुपर्छ । कोहीको मुखबाट त्यो आएको किन नहोस्, कसैको दिमागमा सुरु भएको किन नहोस्, चिन्तन निजी हुँदैन । त्यो ठीक कि बेठीक भन्ने मात्र हुन्छ । कहाँबाट कसरी र किन आयो भनेर बुझ्नका लागि मात्र कसले ल्यायो भन्ने कुराको अर्थ हुन्छ, तर त्यसलाई सबैले स्वामित्व ग्रहण गरिसकेपछि त्यो कसैको निजी हुँदैन । निजी गर्न खोजियो भने त्यसले जडता लिन्छ, त्यो कसैको निजी पेवा बनिदिन्छ, त्यसलाई भजाएर कोहीले आफ्नो कुनै रुपको निजी स्वार्थ पूरा गर्ने औजार बनाउने सम्भावना रहन्छ ।
तसर्थ, अबको कम्युनिस्ट आन्दोलन आर्थिक रुपले सामाजिक सम्बन्धमा र पारदर्शिताको संरचनामा आधारित मात्र नभई निजी चिन्तनको मानसिकताबाट पनि मुक्त हुनु जरुरी छ ।
तर, यी सबै प्रक्रियाहरु एकै रातमा सम्पन्न हुन्न । सुरुमा त यस अवधारणाबारे प्रष्ट हुने र यो प्रक्रियामा जानका लागि तयारी गर्ने हो । त्यसैले कोही कसैले अहिले नै कुनै एउटा दस्तावेज कारेर, कुनै वैधानिक संरचना निर्माण गरेको आधारमा नै नयाँ आन्दोलन वा पार्टी बनिहाल्यो वा आन्दोलन चलिहाल्यो भन्ने धारणा लिनु, विश्वास लिनु बेठिक हुन्छ । तर, सुरुवात त कोही कसैले केही मूर्त दस्तावेज, बिचार र कार्यक्रम प्रस्तावित गरेर संक्रमणकालीन संरचना बनाएर गर्ने हो । मुख्य कुरा चाहिँ त्यसलाई परिपक्व हुन निश्चित समय गुजार्न धैर्य गर्नु हो । अधैर्यताले मुख्य कामहरु छुट्ने कुरालाई हेक्का गर्नु जरुरी छ । किनकि, नयाँ आन्दोलन सुरु गर्ने भनेको नयाँ नै हो, पुनः पुरानो रोग बल्झाउनका लागि होइन ।
http://emulyankan.com बाट 

No comments:

Post a Comment