Monday, November 9, 2020

इतिहासका अनुभव र २१ औं शताब्दीमा जनवादको विकासबारे

क्रान्ति र प्रतिक्रान्तिका प्रचुर अनुभवहरूद्वारा समृद्ध विश्वसर्वहारा आन्दोलनको वैज्ञानिक संश्लेषण गर्दै निरन्तर क्रान्तिको दिशामा अगाडि बढ्नु मार्क्सवाद –लेनिनवाद–माओवादका शिक्षाको मूलभूत सारतत्व हो । हाम्रो पार्टीले नेपालमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिलाई नेतृत्व प्रदान गर्ने सन्दर्भमा प्रारम्भदेखि नै मालेमाका शिक्षालाई जडसूत्रका रूपमा होइन, कामको सजीव मार्गदर्शका रूपमा सिर्जनात्मक प्रयोग र विकास गर्ने कुरामा जोड दिंदै आएको छ । नेपाली क्रान्ति ठोस परिस्थितिअनुसार मालेमाका शिक्षाहरूको प्रयोग र विकास गर्ने यो महान् प्रक्रियामा हामीले दक्षिणपन्थी संशोधनवादका साथै जडसूत्रीय संशोधानवादका विरुद्ध समेत निरन्तर सङ्घर्ष गर्दै आएको छौँ । वर्गसङ्घर्षको आवश्यकतासँग अभिन्न रूपले गाँसिएको विचारधारात्मक सङ्घर्ष प्रक्रियाले महान् जनयुद्धको विकासलाई एकपछि अर्को छला¨ हान्दै सात वर्षको अवधिमा विकासको आजको चरणसम्म ल्याइपु¥याएको छ । वर्गसङ्घर्ष र विचारधारात्मक सङ्घर्षको यही विकास प्रक्रियाले नै नेपाली क्रान्तिको विशिष्ट विचार  शृङ्खलाका रूपमा प्रचण्डपथ आविष्कार भएको संश्लेषण पार्टीले गरिसकेको छ । 

यहाँ कुन कुरा विशेष रूपले महत्वको छ भने पार्टीले आफ्ना सैद्धान्तिक, व्यावहारिक सङ्घर्षको प्रस्थानविन्दु सर्वहाराक्रान्तिको विज्ञानको सर्वोच्च संश्लेषणका रूपमा माक्र्सवाद–लेनिनवाद–माओवादको विकास गर्ने महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई बनाउँदै आएको छ । यसको अर्थ प्रतिक्रान्तिलाई रोक्ने सैद्धान्तिक आधारका रूपमा सर्वहारवर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिलाई आत्मसात् गर्नु तथा पार्टीको निरन्तर सर्वहाराकरणको निम्ति तीन गर, तीन नगर’ को सैद्धान्तिक मान्यताको आधारमा वैचारिक सङ्घर्ष अगाडि बढाउनु हो । यही मूलभूत सैद्धान्तिक मान्यताबाट कुनै पनि विचलन सर्वहारा आन्दोलनबाट हुने कुरामा हाम्रो पार्टी दृढ रहँदै आएको छ तर यसको अर्थ २१ औं शताब्दीको क्रान्तिको आवश्यकताका सन्दर्भमा बनिबनाउ र पूर्णउत्तरको जड् अर्थमा यसलाई ग्रहण गरियो भन त्यो आफैँमा मालेमा र सर्वहारा सांस्कृतिक क्रान्तिका शिक्षाविपरीत हुने कुरा स्वतः स्पष्ट छ । 

महान् सर्वहारा सांस्कृतिक क्रान्तिसम्मको संश्लेषणले विश्व सर्वहारावर्गलाई मालेमाको सैद्धान्तिक हतियारले लैस अवश्य गराएको छ तर कमरेड माओको मृत्युपछि चीनमा पुँजीवादको पुनःस्थापना भयो र दुनियाँमा एउटा पनि समाजवादी सत्ता बाँकी रहेन । यसबाट विश्वसर्वहारा आन्दोलनले बेहोरेको एउटा ठूलो धक्का र विश्व परिस्थितिमा आएको एउटा ठूलो नकारात्मक परिवर्तनलाई अस्वीकार गर्नु मनोगत विचलनमात्र हुनेछ । वस्तुगत रूपले साम्राज्यवाद र सर्वहाराक्रान्तिको युग तथा क्रान्ति नै विश्वको मूल प्रवृत्ति रहेको यथार्थमा कुनै परिवर्तन आएको छैन । यसको अर्थ सत्ताको सङ्घर्षमा चीनमा प्रतिक्रान्तिसम्म आउँदा सर्वहारावर्गले ठूलो आत्मगत पराजय भोग्नुपरेको यथार्थलाई अवमूल्यन गर्नु तथा ती पराजयहरूबाट शिक्षा लिएर भावी दिनमा प्रतिक्रान्ति रोक्ने तैयारीलाई गम्भीरतापूर्वक नलिने भन्ने कुरा हुन सक्दैन । आजको विश्वक्रान्ति एवम् कुनै निश्चित देशको क्रान्तिका सन्दर्भमा सर्वहारावर्गको राजनीतिक अग्रदस्ताका अगाडि एउटा ठूलो प्रश्नका रूपमा यसको जवाफ दिने आवश्यकता टड्कारो रहेको छ । 

त्यसैगरी २१ औं शताब्दीमा प्रवेशसँगै विश्वमा विज्ञान र प्रविधि मुख्यतः इलोक्ट्रोनिक सुचना–प्रविधिमा अभूतपूर्व तीब्रताका साथ विकास भएको छ । यो अद्भूत विकासले जसरी विश्वलाई विविध रूपमा प्रभावित पारेको छ, यसले अनिवार्य रूपमा सर्वहाराक्रान्तिको राजनीतिक र फौजी रणनीतिमा परिमार्जन र विकासको माग गरिरहेको छ । विश्वको कुनै पनि कुनामा हुने सकारात्मक वा नकारात्मक परिघटनाको विश्वव्यापी रूपमा हुने आजको जस्तो तीब्र, घनीभूत एवम् प्रत्यक्ष संवेदनात्मक प्रभाव मानवजातिको इतिहासमा पहिला कहिल्यै पर्ने गरेको थिएन । यसरी प्रतिक्रान्तिका अनुभवहरूले हामीलाई विगतका क्रान्तिमा रहन गएका सीमा र कमजोरीबाट शिक्षा लिन प्रेरित गर्दछन् भने विज्ञानको प्रविधिमा भएको विकासले हामीलाई क्रान्तिका रणनीति र कार्यनीतिमा सिर्जनात्मक विकास गर्न प्रेरित गर्दछ । मानवसमाजको युगीन विकासका दृष्टिले आज पनि विश्वसाम्राज्यवाद र सर्वहाराक्रान्तिको युगमा नै रहेको भएता पनि आत्मगत र वस्तुगत परिस्थितिमा आएको उपर्युक्त महत्वपूर्ण परिवर्तनहरू नै आजको सर्वहाराका अगाडि ठोस परिस्थितिको ठोस विश्लेषण र आधारमा आफ्ना विचार रणनीतिहरूलाई विकास परिमार्जन गर्नुपर्ने आवश्यकता उपस्थिति भएको छ । 

इतिहासका अनुभव, वर्तमान विश्व परिस्थितिको विश्लेषण एवम् जनयुद्धका पाँच वर्षका सजीव अनुभवसमेतका आधारमा पार्टीको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनले कयौं महत्वपूर्ण र राजनीतिक र फौजी संश्लेषण गरेको छ । त्यो संष्लेशित विचारको साढे दुई वर्षमा भएको घनीभूत प्रयोगद्वारा जनयुद्धको विकासमा प्राप्त गुणात्मक सफलता नै त्यसको वैज्ञानिकता प्राप्त प्रमाणित गरेको छैन, अपितु उच्च वैचारिक, राजनीतिक र फौजी संश्लेषणका निमित्त मजबुत आधारसमेत तयार भएको छ । दोस्रो राष्ट्रिय सम्मेलनदेखि आजसम्मको नेपाली वर्गसङ्घर्षको विकास एवम् ११ सेप्टेम्बरदेखि इराक युद्धसम्म विकास भएको विश्व परिस्थितिको आधारमा जनवादी क्रान्तिको रणनीतिमा विकास परिमार्जन आवश्यक छ । यस सन्दर्भमा पार्टी, सेना, सत्ता र जनसमुदायको सम्बन्धबारे निम्न कुराहरू विशेष रूपले विचारणीय रहेका छन् ः 

पार्टी :

२० औं शताब्दीका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरूद्वारा कुन कुरा निकै निर्मम ढ¨ले प्रदर्शित भएको छ भनेर राज्यसत्ता कब्जा गरिसके पछिको अवस्थामा पार्टीको सर्वहारावर्गीय क्रान्तिकारी चरित्रको रक्षा र विकास गर्ने काम असाधारण रूपले कठीन हुन जान्छ । क्रान्तिकालमा पार्टीभित्र र बाहिर दायावाया वामपन्थी विचलनका विरुद्ध निम्न विचारधारात्मक सङ्घर्ष गर्दै, जनसमुदायका आवश्यकता र हितसँग एकाकार हुँदै तथा दुश्मनका विरुद्धको वर्गयुद्धमा पृथ्वी थर्काउने वीरता र बलिदानका अद्भूत कृतिमान कायम गर्दै विजयी बनेका पार्टीहरू राज्यसत्ता कब्जा गरिसकेपछि तुलनात्मक रूपले सहजै र विश्वको सबै पार्टीहरू छोटै अवधिमा नोकरशाही संशोधनवाद जनताबाट अलगथलग र प्रतिक्रान्तिकारी पार्टीमा बदलिन पुगे ? निश्चय नै महान् सर्वहारावादी सांस्कृतिक क्रान्तिसम्म आउँदा यसको आधारभूत सैद्धान्तिक जवाफ मालेमाले दिएको छ तर ती आधारभूत सिद्धान्तहरूले प्रतिक्रान्तिलाई रोक्ने गरी प्रयोग गनेृ सङ्गठनात्मक सिद्धान्त र विधि र मान्यताको विकास गर्ने आवश्यकता अहिले पनि विद्यमान छन् । यो प्रश्न पार्टीभित्र चल्ने दुई लाइन सङ्घर्ष र सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तको वैज्ञानिक प्रयोग र विकासको समस्या हो । अनुभवले सावित गरेको छ कि राज्यसत्ता कब्जा गरिसकेपछि पार्टीका तमाम नेता तथा कार्यकर्ताहरू राज्यसत्ता सञ्चालनमा मात्र संलग्न हुँदा भौतिक परिवेशले नै पार्टीलाई नोकरशाही, पदलोलुपता र सुविधासम्पन्न वर्गमा परिणत गर्ने खतरा तीब्र र प्रवल बनेर जान्छ । यसप्रकारको खतराको तीब्रता र प्रवलतासँगै पार्टीको जनसमुदायसँगको सम्बन्ध त्यही अनुपातमा औपचारिक र अलगथलग बन्दै जान्छ । त्यो प्रक्रिया आफ्ने विकासको एउटा निश्चित बिन्दुमा पुगिसकेपछि त्यो अनिवार्य रूपले प्रतिक्रान्तिमा बदलिन पुग्दछ । प्रतिक्रान्तिको यस्तो खतरालाई रोक्नको लागि दुई लाइन सङ्घर्ष र निरन्तर क्रान्तिको सिद्धान्तअनुसार पार्टीलाई सर्वहारावर्ग र श्रमजीवि जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा राख्ने सङ्गठनात्मक विधि र मान्यताको अझै विकास गर्नु जरुरी छ । यसका लागि पार्टीभित्र चल्ने दुई लाइन सङ्घर्षमा व्यापक जनसमुदायको सहभागिता सुनिश्चित गर्ने तथा सक्षम र स्थापित नेताहरूदेखि कार्यकर्ताहरूसम्मको एउटा हिस्सा निरन्तर जनकार्यमा र अर्को हिस्सा सत्ता सञ्चालनमा लाग्ने निश्चित अवधिको अन्तरमा कार्यविभाजनमा हेरफेर गरी सि¨ो पार्टीको जनसमुदायसँगको सम्बन्धलाई सजीव राख्न विशेष आवश्यक छ । प्रारम्भदेखि नै पार्टीले र उसको नेतृत्वअन्र्गत राज्यसत्ताले जनसमुदायसँग घनिष्ट सम्बन्ध कायम गर्ने, दुःखकष्ट र फारोतिनो  सर्वहाराशैली अपनाउने तथा साम्यवादी उद्देश्यका निम्ति सम्पूर्ण रूपले समर्पित रहने, पार्टी, नेता र कार्यकर्ताहरूलाई प्रेरणा र आदर्शका रूपमा प्रस्तुत गर्ने तथा पदको दुरुपयोग गर्ने, जनसमुदायमाथि हैकम चलाउन खोज्ने, सुविधाभोगी एवम् पदलोलुप प्रवृत्ति, नेता एवम् कार्यकर्ताहरूविरुद्ध निर्मम विचारधारात्मक सङ्घर्षका साथै जनसमुदायमा न¨्याउने नीति एवम् संरचानाको विकास गर्न जोड लगाउनैपर्दछ । यससन्दर्भमा पार्टीभित्र चल्ने दुई लाइन सङ्घर्षमा राज्यको बल प्रयोग प्रवृत्तिलाई निरुत्साहित गर्ने तथा सही र गलतको फैसला वैचारिक सङ्घर्षको बीचबाट आमकार्यकर्ता र जनसमुदायद्वारा गर्ने वैज्ञानिक विधिलाई प्रोत्साहित र स्थापित गर्न जोड लगाउनुपर्दछ । पार्टीभित्र र बाहिर निश्चित विद्रोह न्यायसङ्गत हो वा होइन भन्ने कुराको फैसला गर्ने अधिकार आमकार्यकर्ता र जनसमुदायमा रहने व्यवस्था सुनिश्चित गर्न आवश्यक छ । 

सेना :

२०औं शताब्दीका क्रान्ति र प्रतिक्रान्तिको अनुभवहरूले कुन कुरालाई स्पष्टसँग प्रदर्शित ग¥यो भन्ने सर्वहारावर्गीय सही क्रान्तिकारी विचार, नीति र योजनाको आधारमा अगाडि बढ्दा करिब शून्यको स्थितिबाट जनसमुदायले दुश्मनको अत्याधुनिक र शक्तिशाली सेनालाई धुलापिठो पार्न सक्ने अपराजय जनसेनाको विकास गर्नु सक्दो रहेछ तर पाटीृका गलत विचार हावी भएमा त्यही सेना प्रतिक्रान्तिको हतियार बन्न पुग्दो रहेछ । अनुभवले जनसेनाका सन्दर्भमा पनि के सावित गरेको छ भने क्रान्तिपूर्वको कमजोर कठीन घडीमा त्याग, तपस्या, वीरता र बलिदान र वैचारिक निष्ठासहित जनसमुदायसँग एकाकार हुँदै दुश्मनका विरुद्धको युद्धमोर्चामा अपराजय सावित हुने जनसेना राज्यसत्ता कब्जा भइसकेपछि क्रमशः व्यारेकमा विशेष व्यवस्थाअन्तर्गत रहने बुर्जुवा आधुनिक नियमित सेना बन्ने प्रवृत्ति प्रवल हुँदै जाने भौतिक परिवेश बन्दछ । सर्वहारावर्गीय विचार एवम् जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा रहने कुरालाई सुनिश्चित गर्ने विधि र संरचनाको विकास गर्नु नसक्ने हो भने त्यो प्रवृत्ति झ्याङ्गिंदै गएर एउटा निश्चित विन्दुमा पुगेपछि सेना स्वाभाविक रूपले प्रतिक्रान्तिको सेवा गर्ने हतियारमा परिणत हुन पुग्दछ । उपर्युक्त स्थितिको पुनरावृत्ति हुनबाट रोक्नको लागि प्रारम्भदेखि नै जनसेनामा वैचारिक राजनैतिक कामलाई सर्वाधिक महँवका साथ सञ्चालन गर्ने र प्रतिक्रान्तिका विरुद्ध विद्रोहको चेतनाद्वारा सि¨ो सैन्य पङ्क्ति एवम् आम–जनसमुदायसम्मलाई सुसज्जित पार्ने कुरालाई जोड दिनुपर्दछ । यसका साथै २१औं शताब्दीका जनसेना भनेको राज्यसत्ता कब्जा गरिसकेपछि निश्चित व्यारेकमा बसेर विशेष तालिम र हतियारद्वारा आधुनिक बन्ने प्रक्रियामा होइन, जनसमुदायलाई नै सैनिकीकरण गर्ने तथा आमजनसमुदायकै सेवा गर्ने क्रान्तिकारी संवाहक बनिराख्ने कुरामा सुनिश्चित गर्नुपर्दछ । वैचारिक र भौतिक दुवै दृष्टिले सशस्त्र जनसमुदायको विकास गरेरमात्र वैदेशिक प्रतिक्रियावादी हस्तक्षेपको प्रतिरोध गर्न एवम् प्रतिक्रान्तिलाई रोक्न सकिन्छ भन्ने कुरामा अहिलेदेखि नै सैनिक पङ्क्तिमा स्पष्ट दृष्टिकोण विकास गर्न जोड लगाउनुपर्दछ । विद्रोहको अधिकार प्रयोग गर्न सचेत सशस्त्र जनसमुदायको विकास गर्ने ऐतिहासिक दायित्व पूरा गर्ने कार्यभार नै २१औं शताब्दीको जनसेनाको प्रमुख कार्यभार हुन पुग्छ । 

राज्यसत्ताबारे :

सर्वहारवर्गको राजनीतिक पार्टीको नेतृत्वमा जनयुद्धद्वारा राज्यसत्ता कब्जा गर्ने क्रान्तिको केन्द्रीय प्रश्न हिजो र आज पनि महान् र कष्टसाध्य प्रश्न अवश्य रहेको छ तर २०औं शताब्दीका अनुभवहरूले स्पष्ट गरेका छन् कि राज्यसत्ता कब्जा गर्ने प्रश्नभन्दा पनि राज्यसत्ताको निरन्तर जनवादीकरण गर्दै त्यसको विलोपीकरणतिर डो¥याउने प्रश्न अझै हजारौंगुणा कठीन र जटिल हुने गर्दछ । एकै शताब्दीमा विश्व थर्काउँदै रुस, चीनलगायतका देशमा भएका महान् क्रान्तिहरूको सफलता एवम् शक्तिशाली विश्व समाजवादी कित्ताको विकास र भयानक प्रतिक्रान्तिका घटनाक्रमहरू हुँदै विश्वमा एउटा पनि समाजवादीसत्ता बाँकी नरहेको यथार्थले विषयको महत्व र गम्भीरतालाई दर्शाउँछन् । 

आखिर पुँजीवादी साम्राज्यवादले आफ्नो सैनिक फासीवादी सारतत्वलाई तथा कथित प्रजातन्त्रको् नकाबले ढाकेर विश्व जनमतलाई भ्रमित पार्न सफल हुन तथा सर्वहारावर्गको आफ्नो जनवादी सारतत्वको बाबजुत राज्यसत्तामा आफ्नो पकड मजबुत गर्न नसक्नुका तमाम ऐतिहासिक र सैद्धान्तिक कारणका बाबजुत आज हाम्रो अगाडि जनवादको विकासको समस्या एउटा ज्वलन्त समस्या बनेर खडा भएको छ । पराजित वर्गदुश्मनका विरुद्ध अधिनायकत्वको आवश्यकता र जनताको जनवादको अभ्यासको आवश्यकताका बीचमा समुचित सन्तुलन कायम गर्ने सन्दर्भमा प्रमुख समस्याहरू के छन् ? जनताको जनवादी अधिनायकत्व वा सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत जनताको जनवाद वा सर्वहारा जनवाद प्रस्तुत औपचारिक, यान्त्रिक र सङ्कीर्ण किन हुन पुग्यो ? यहाँ हाम्रो प्रश्न विश्वका तमाम रूप र र¨का संशोधनवादी र विसर्जनवादीहरूले उठाउने गरेको जनताको जनवादी अधिनायकत्व वा सर्वहारावर्गको अधिनायकत्वको विरोध गरेर बुर्जुवाहरूको औपचारिक प्रजातन्त्रमा फस्ने गद्धारीसँग कुनै सम्बन्ध छैन । हाम्रो प्रश्न यही निरन्तर क्रान्तिको पर्वाह सङ्गठित गर्ने संस्थाका रूपमा राज्यसत्ताको विकास गर्ने कुरामा केन्द्रित छ । आखिर राज्यसत्ताको व्यापक र सजीव जनवादीकरणको प्रक्रियामा नै वास्तविक जनवादी अधिनायकत्व वा सर्वहारा अधिनायकत्व सुदृढ हुन सक्दछ । जनवादी केन्द्रीयताको महान् वैज्ञानिक सिद्धान्तको योभन्दा अर्को अर्थ हुन सक्दैन । राज्यसत्ता कब्जा गर्नुपूर्वसम्म जनवादी केन्द्रीयताको सही अभ्यास गरेर राज्यसत्ता कब्जा गर्न सफल हुने पार्टीहरू पनि पछि किन औपचारिक जनवाद र नोकरशाही केन्द्रीयताको सिकार हुन पुगे ? पार्टीभित्र संशोधनवाद हावी भएकोले भन्ने तर्कले मात्र यसको पूरा उत्तर दिंदैन । आखिर द्वन्द्वात्मक भौतिकवादको प्रयोगमा माक्र्सवादीहरूद्वारा भएको यो वा त्यो रूपका कमजोरी पनि यसका जिम्मेवार छन् । 

एउटा निश्चित देश, काल र परिस्थितिमा सर्वहारावादी क्रान्तिकारी रहेको पार्टी र जनवादी वा समाजवादी रहेको राज्यसत्तामा अर्को देश, काल र परिस्थतिमा प्रतिक्रान्तिमा परिणत हुन सक्दछ । त्यो अवस्थामा जनसमुदाय र क्रान्तिकारीहरूले विद्रोह गर्नुपर्दछ भन्ने महान् सर्वहारा सांस्कृतिक क्रान्तिको संश्लेषण आफ्नो ठाउँमा पूरै सही रहेको कुरा स्पष्ट नै छ तर एकपटक एक निश्चित कम्युनिस्ट पार्टीको नेतृत्वमा जनवादी वा समाजवादी राज्यसत्ता स्थापित भइसके, सो पार्टी सधैँ सर्वहारावादी भैरहन्छ भनेझैँ त्यसका विरुद्ध राजनैतिक रूपले जनसमुदायद्वारा स्वतन्त्र रूपमा जनवादी वा समाजवादी प्रतिस्पर्धा गर्ने वातावरण नहुनु, नबनाउनु वा त्यसमाथि प्रतिबन्ध लगाइनुले एकातिर सत्तासीन पार्टीले जनसमुदायको बीचमा कसैसँग राजनीतिक प्रतिस्पर्धा गर्न नपर्ने हँुदै त्यो क्रमशः विशेष सुविधा सम्पन्न यान्त्रिक नोकरशाही पार्टी र त्यसको नेतृत्व राज्यसत्ता पनि क्रमशः यान्त्रिक र नोकरशाही मेसिनरीमा परिणत हुने तथा अर्कोतिर जनसमुदाय औपचारिक जनवादको सिकार भएर क्रमशः उसको असीमित सिर्जनशीलता र गतिशीलताको ऊर्जा कुण्ठित हँुदै जाने खतरा इतिहासमा स्पष्ट देखा पर्ने गरेको छ । उपर्युक्त समस्या समाधानका लागि निरन्तर क्रान्तिको सिद्धान्तअनुसार राज्यसत्तामा जनसमुदायको नियन्त्रण, निगरानी र हस्तक्षेपको प्रक्रियालाई सजीव र वैज्ञानिक ढ¨ले सङ्गठित गर्ने आवश्यकतामा जोड दिनुपर्दछ । यहाँ फेरि पनि प्रश्न दुश्मनका विरुद्ध अधिनायकत्व प्रभावकारिता जनसमुदायको जनवादको अभ्यासको प्रभावकारितामा निर्भर रहने वैज्ञानिक तथ्यलाई द्वन्द्वात्मक ढ¨ले सङ्गठित गर्ने प्रश्न नै हो । 

यसका लागि सामन्तवाद र साम्राज्यवादविरोधी जनवादी राज्यसत्ताको संवैधानिक सीमाभित्र राजनीतिक प्रतिस्पर्धा सङ्गठित गरी कम्युनिस्ट पार्टीको निरन्तर सर्वहाराकरण र क्रान्तिकारीकरण अनिवार्य हुने परिस्थिति निर्माण गरिनुपर्दछ । यदि पार्टीले आफैँलाई निरन्तर क्रान्तिकारीकरण गर्न नसक्ने त्यसको खिलाफमा अर्को क्रान्तिकारी पार्टी वा नेतृत्वलाई राज्यसत्तामा पु¥याउन सक्ने जनसमुदायको अधिकारलाई संस्थागत गरेर मात्र प्रतिक्रान्तिलाई प्रभावकारी ढ¨ले रोक्न सकिनेछ । सामन्तवाद र साम्राज्यवाद विरोधी विभिन्न राजनीतिक दल, सङ्घ, संस्था जसले जनवादी राज्यसत्ताको संवैधानिक व्यवस्थालाई स्वीकार गर्दछन् । उनीहरूको बीचमा कम्युनिस्ट पार्टीलाई सहयोगमात्र गर्नुपर्ने यान्त्रिक सम्बन्धमा होइन, जनताको सेवामा जनवादी राजनीतिक प्रतिस्पर्धा गर्ने द्वन्द्वात्मक सम्बन्धमा जोड दिइनुपर्दछ । स्पष्ट छ कि, यो प्रक्रियामा यदि कसैले जनवादी राज्यसत्ताद्वारा वैधानिक रूपले निर्धारित सीमाको अतिक्रमण गरेमा उसमाथि जनवादी अधिनायकत्व लागु हुनेछ ।

एकपटक राज्यसत्ता कब्जा गरिसकेपछि पार्टीले नेतृत्वकाृ हैसियत सावित गर्नु आफ्नो विचारको सतहीपना, जनसमुदायको हितहरूसँग एकाकार हुने आवश्यकता, त्याग, तपस्या र बलिदान एवम् वर्ग र जनताप्रतिको निष्ठा सावित गरिरहन नपर्ने स्थितिको प्रारम्भदेखि नै अन्त गर्न जोड दिनुपर्दछ । राज्यसत्तामा विचार नेतृत्वको केन्द्रीकरणले जनसमुदायको सो निर्णयको अधिकार कटौती गर्ने स्थिति आउन नदिने कुरामा विशेष ध्यान दिनुपर्दछ । 

नेपालको जनवादी क्रान्तिको सन्दर्भमा हामीले वर्गीय, जातीय, क्षेत्रीय एवम लि¨ीय उत्पीडनबाट जनसमुदायको मुक्तिको कुरा गरिहेका छौँ । आत्मनिर्णयको अधिकारसहित जातिय र क्षेत्रीय स्वशासनका कुरा गरेका छौँ । साथै सामन्तवाद र साम्राज्यवाद विरोधी पार्टी स्वतन्त्रताको कुरा पनि गरिरहेका छन् । ती अवस्थामा राज्यसत्ताको निरन्तर जनवादीकरणका लागि जनसमुदायको  स्वनिर्णयको अधिकारलाई सजीव रूपले सङ्गठित गर्ने कुरामा जोड दिनुपर्दछ । यसरी पार्टी, सेना र राज्यसत्ताको उपर्युक्त प्रकारको समुचित विजकासमा नै २१औं शताब्दीको जनवादले निरन्तर क्रान्तिको प्रक्रियालाई अगाडि बढाएर प्रतिक्रान्तिलाई रोक्न सक्नेछ । 

(स्रोत : नेकपा माओवादीको ऐतिहासिक दस्ताबेजहरूबाट )


No comments:

Post a Comment