Wednesday, March 2, 2016

बहस : समाज रुपान्तरण गर्न माक्र्सवादको सान्दर्भिकता सकिएकै हो त ?

बहस : समाज रुपान्तरण गर्न माक्र्सवादको सान्दर्भिकता सकिएकै हो त ?


brb









गोकर्ण भट्ट । नेपाली राजनीतिमा यतिखेर एउटा शब्द निकै चर्चित छ– त्यो हो नयाँ । नयाँ संविधान, नयाँ नेपाल । यही नयाँलाई प्रयोग गर्दै बाबुराम भट्टराईले नयाँ शक्ति अभियान घोषणा गरेका छन् । नेपाली समाजको चरित्रमा भएको फेरबदलका आधारमा नयाँ विचार, नयाँ संगठन हुने गरी नयाँ शक्ति आवश्यक छ भन्ने उनको तर्क रहँदै आएको छ ।
नयाँ शक्ति अभियानकर्ताहरुले माक्र्सवादका केही राम्रा कुरा र पूँजिवादका पनि सकारात्मक कुरा समेटेर नेपाली सन्दर्भ अनुसारको विचार निर्माण गर्ने अभिव्यक्ति दिएपछि यसले झन् भ्रम सिर्जना गरेको हो ।
नयाँ शक्तिको गठनमा को को जान्छन् भन्ने बहस एकातिर चलेको छ भने यसको वैचारिक कार्यदिशा के हुने विषयमा गम्भीर चासो व्यक्त भएको छ । खासगरी यसअघि एमाओवादी या अन्य कम्युनिष्ट घटकहरु फुट्दा समूह या कार्यनीतिका हिसाबले फरक भएपनि उनीहरुले समग्र माक्र्सवाद, लेनिनवादलाई परित्याग गरेको घोषणा गरेका थिएनन् । वर्ग समन्वयको सिद्धान्तका आधारमा एमालेलगायतका केही वामपन्थी पार्टीहरुले राजनीतिक कार्यदिशा घोषणा गरेपनि विश्व दृष्टिकोणका तहमा भने माक्र्सवाद र लेनिनवादलाई कसैले पनि निषेध गरेका थिएनन् ।
तर बाबुराम भट्टराईले माक्र्सवादका कतिपय सकारात्मक कुरा रहेकोले तिनलाई समेट्ने तर त्यो नै पूर्ण नभएको आसयको अभिव्यक्ति सार्वजनिक गरेपनि यसले बहसको रुप लिएको हो । विश्व मानव समाजको विकासका क्रममा उदीयमान पूँजिवादले सिर्जना गरेका शोषण असमानताका विरुद्ध जन्मेको माक्र्सवादको सान्दर्भिकतामाथि नै प्रश्न उठाइनुले यो बहस चर्किनु स्वभाविकै हो । नयाँ शक्ति अभियानकर्ताहरुले माक्र्सवादका केही राम्रा कुरा र पूँजिवादका पनि सकारात्मक कुरा समेटेर नेपाली सन्दर्भ अनुसारको विचार निर्माण गर्ने अभिव्यक्ति दिएपछि यसले झन् भ्रम सिर्जना गरेको हो । “बलात्कार गर्नेका राम्रा पक्ष र बलात्कृत हुनेका राम्रा पक्ष समेटेर दुबैको हित हुने व्यवस्था निर्माण कसरी सम्भव छ ?” भन्ने प्रश्न आमरुपमा परिवर्तन र सामाजिक न्यायका पक्षधरहरुले उठाएका छन् ?
हामीले यसै सन्दर्भममा नेपाली समाजका यावत पक्षमा कलम चलाउँदै आएका वामपन्थी लेखकहरुसँग “नेपाली समाजको चरित्रमा फेरबदल गर्न, नेपाली समाजलाई रुपान्तरण गर्न माक्र्सवादको सान्दर्भिकता सकिएकै हो त ? भन्ने प्रश्नमा छलफल गरेका थियौं । प्रस्तुत छः उनीहरुको विचार
आजसम्मको इतिहासमा माक्र्सवाद सन्दर्भहीन भयो र यसको विकल्पमा कुनै अर्को सिद्धान्त छ भनेर काउण्टर गर्ने कुनै पनि दृष्टिकोणको विकास भएको छैन
पूँजिवाद र माक्र्सवाद एउटै भाँडोमा कसरी अट्छन्– हरि रोका, राजनीतिक अर्थशास्त्री
नेपाली समाजको उत्पादन चरित्र र यसले निम्त्याएको शोषण, उत्पीडिन, असमानताको अन्त्य गर्नका लागि माक्र्सवादको सान्दर्भिकता कसरी सकिन्छ रु यसलाई स्पष्ट पार्न हामी माक्र्सवाद किन जन्मियो भन्ने कुरामा पुग्नुपर्छ ।
पूँजिवादी समाजमा, पूँजिवादी विकासको क्रममा जुन खालको समाजको व्यवस्थापन गरियो, जसरी सम्पत्तिमाथिको अधिकार, श्रम, कामलगायतको प्रबन्धन भयो । जसरी उत्पादन र उत्पादन सम्बन्धको निर्माण गरियो, त्यसले सिर्जना गरेको अव्यवस्थापन, असमानता, शोषणको विकल्पमा माक्र्सवादको विकास भएको हो । त्यसैले श्रोत र साधानमा श्रमिक र गैर
हरि रोका
हरि रोका
श्रमिकको समान पहुँच नहुँदासम्म, समाजमा असमानता कायम रहँदा सम्म र उत्पादन सम्बन्धको चरित्र असमान रहँदासम्म माक्र्सवादको औचित्य या सान्दर्भिकता कसरी समाप्त हुन्छ ? त्यसैले आजसम्मको इतिहासमा माक्र्सवाद सन्दर्भहीन भयो र यसको विकल्पमा कुनै अर्को सिद्धान्त छ भनेर काउण्टर गर्ने कुनै पनि दृष्टिकोणको विकास भएको छैन । पूँजिवादी उत्पादन सम्बन्ध र यसले सिर्जना गरेको असमानता र शोषण अन्त्य नहुँदासम्म माक्र्सवादमाथि प्रश्न उठाउन सकिँदैन ।
जहाँसम्म माक्र्सवादका केही राम्रा कुरा र पूँजिवादका केही राम्रा कुरा मिलाउने विषय छ । यो कसरी सम्भव छ ? जसका विरुद्ध, जुन पूँजिवादी समाजको शोषण दमनका विरुद्ध, त्यसले सिर्जना गरेको असमानताका विरुद्ध माक्र्सवादको विकास भयो, अर्थात् जसका विरुद्ध जुन खडा भयो, त्यहीसँग त्यसलाई कसरी मिलाउन सकिन्छ रु यो भनेको विशुद्ध अर्थमा गैर माक्र्सवादी चिन्तन हो ।
यो अर्थमा हेर्दा बाबुराम भट्टराईले अघि सारेको नयाँ शक्ति अभियानको राजनीतिक चरित्र गैर माक्र्सवादी हो ।
जुन पूँजिवादी उदारवादी आर्थिक नीतिले समाजमा अन्याय, र श्रोतमाथि असमानता सिर्जना गरेको छ । त्यससँगै श्रोतमाथि पहुँचका लागि वकालत गर्ने माक्र्सवाद कसरी मिलाउन सकिन्छ ? यस्तो कुरा गर्नेहरु रनभूल्लमा छन् भन्ने स्पष्ट हुन्छ ।
नेपाल समाजको रुपान्तरणका लागि वामपन्थी आन्दोलनको नै एकमात्र बाटो–सोमत घिमिरे, विश्लेषक
नेपाली समाज समतामूलक छैन् । सामाजिक न्याय, श्रोतमाथि पहुँच लगायतका क्षेत्रमा एउटा ठूलो समुदाय न्याय र पहुँचबाट वञ्चित छ । यो अवस्थामा हामीले वामपन्थी आन्दोलनको उपादेयता या सान्दर्भिकता सकिएको निष्कर्शमा पुग्न सक्दैनौं ।
हाम्रो उपरि राजनीतिक संरचनामा कतिपय परिवर्तन भए । तर यी परिवर्तन भए अनुसार नेपाली जनताले प्रत्यक्ष महसुस गर्ने गरी उनीहरुको जीवनमा परिवर्तनको अनुभूति जनताले गर्न पाएनन् । हामीले अवलम्बन गरेको अर्थनीतिले हुनेखाने र नहुनेहरुबीचको खाडल झन् बढाउँदै लगेको छ । एकथरीसँग श्रोत र साधन थुप्रिँदै गएको छ भने अर्कोथरी झन पछि झन सीमान्तीकृत हुँदै गएका छन् ।
हामीले सामन्तवादको अन्त्य भयो भनेर भनेपनि राजनीतिक तहमा मात्रै त्यो भएको हो । राजनीतिक परिवर्तनका आधारमा साधनको पुनरवितरण गर्ने काम नेपालमा कुनै पनि बेला भएन । हाम्रो जग उही असमान आर्थिक सम्बन्धमा नै टिक्दै आयो । हामीले आधारभूत संरचनामा परिवर्तन गर्न नसक्दा यसको जगमा टेकिएको राजनीतिक संरचनामा परिवर्तन हुँदा पनि त्यसको अनुभूति जनताले गर्न पाएनन् ।
सोमत घिमिरे
सोमत घिमिरे
अर्कोतर्फ सामाजिक न्यायका कतिपय विषयहरु हल भएका छैनन् । महिला र पुरुषबीचको न्याय, शिक्षा, स्वास्थ्य, रोजगारीमा पहुँचजस्ता सामान्य लाग्ने तर सामाजिक न्यायसँग सोझै जोडिएका विषयहरु हल गर्न राज्यव्यवस्था कहिल्यै पनि अगाडि बढेन । राजनीति परिवर्तनपछि बनेका सत्ताहरुले सामाजिक न्यायलाई प्रमुखकताका साथ अघि बढाएनन् ।
त्यसैल यी चारवटा आधार हेर्दा नेपालमा वामपन्थी आन्दोलनको सान्दर्भिकता कसरी सकियो ? समाजको आधारभूति संरचना, श्रोत र साधनमा सबैको समान पहुँचको कुरा फेरबदल गर्न, सामाजिक न्याय स्थापना गर्न वापमन्थी आन्दोलन नै एकमात्र विकल्प हो ।

यद्यपी, वामपन्थी आन्दोलनका आफ्ना सीमा र कमजोरी छन् । नेपालका वापमन्थीहरुले यी सामाजिक न्याय र श्रोतमाथि पहुँचका एजेण्डाहरुलाई उठाउने, जनतामा जाने, जनतालाई गोलबद्ध गर्ने र सिँगो राजनीतिक आन्दोलनलाई समग्र परिवर्तनतर्फ जानेगरी अगाडि बढाउन सकेका छैनन्, त्यो बेग्लै बहसको विषय हो तर यसको अर्थ माक्र्सवाद या वामपन्थी आन्दोलनकै सान्दर्भिकता सकिएको भन्न सकिन्न ।
जहाँसम्म पूँजिवाद र माक्र्सवादका राम्रा कुरा मिलाएर जाने भ्रम छ, यसको कुनै आधार छैन । यो सम्भव नहुने हो । हिजो बहुदलीय जनवादको प्रतिपादन गर्दा मदन भण्डारीले बीचको बाटो लिन खोजेका हुन । तर त्यो सफल नभएको त स्प्ष्ट देखियो नि । त्यो फेल भयो । जुन पूँजिवादी उदारवादी आर्थिक नीतिले समाजमा अन्याय, र श्रोतमाथि असमानता सिर्जना गरेको छ । त्यससँगै श्रोतमाथि पहुँचका लागि वकालत गर्ने माक्र्सवाद कसरी मिलाउन सकिन्छ ? यस्तो कुरा गर्नेहरु रनभूल्लमा छन् भन्ने स्पष्ट हुन्छ ।
पूँजिवादी बाटो समातेर आर्थिक समृद्धि हासिल गर्न खोजेपनि उनीहरु आम जनतालाई न्याय दिन असफल भएका छन् । अहिले सिरिया र मध्यपूर्वमा देखिएको समस्या, लाखौं शरणार्थीहरुको पलायन के पूँजिवादकै परिणाम होइन र ? विश्वमा व्याप्त विभेद, गरिबी पूँजिवादकै परिणाम भएकोले पूँजिवादी बाटो समाज रुपान्तरणको गन्तव्य कदापी हुन सक्दैन ।
पूँजिवादी बाटो समाज रुपान्तरणको गन्तव्य कदापी हुन सक्दैन – झलक सुवेदी, राजनीतिक विश्लेषक
माक्र्सवादको औचित्य र सान्दर्भिकताको बहस विश्वमा लामो सयमदेखि चल्दै आएको छ । बाबुरामजीहरुले रुपान्तरणको सन्दर्भममा यसको असान्दर्भिकताको कुरा गरेका छन् भने अर्काथरीले साम्यवादकै औचित्य देख्दैनन् ।
नेपाली समाजको रुपान्तरणका कुन कुन पक्षमा माक्र्सवाद असान्दर्भिक छ भन्ने कुराको ठोस उत्तर हामी पाउँदैनौं । विश्वमा समाज रुपमान्तरणको कुरा गर्दा कतिपय अवस्थामा पूँजिवादी व्यवस्थाभित्र पनि रुपान्तरण नभएको होइन । विश्वका कतिपय देशहरुले पूँजिवादी बाटो प्रयोग गरेर समाजमा आर्थिक विकास र रुपान्तरण गरेका पनि छन् । कतिपय देशहरुको आर्थिक समृद्धिको कुरा उठाउँदै बाबुरामजीहरुले पूँजिवादबाट पनि रुपान्तरण सम्भव छ भनेर भन्नु भएको छ । अर्कोतर्फ विश्वमा साम्यवादको सफल र असफल प्रयोग पनि भयो । तर यसको आधारमा माक्र्सवादको औचित्यतामाथि प्रश्न उठाउन मिल्दैन ।
विश्वव्यापीरुपमा हेर्दा हामी के पाउँछौं भने पूँजिवादी बाटो अपनाएका एशिया, अफ्रिकाजस्ता देशहरुले आर्थिक समृद्धि हासिल गरेको देखिएपनि त्यहाँ श्रोतमाथिको वितरण, गरिबी, जातीय, क्षेत्रीय, लैंगिक विभेद झनै बढेर गएको छ । त्यहाँका शासनसत्ताहरु आम जनतालाई न्याय दिन सफल भएका छैनन् । पूँजिवादी बाटो समातेर आर्थिक समृद्धि हासिल गर्न खोजेपनि उनीहरु आम जनतालाई न्याय दिन असफल भएका छन् । अहिले सिरिया र मध्यपूर्वमा देखिएको समस्या, लाखौं शरणार्थीहरुको पलायन के पूँजिवादकै परिणाम होइन र ? विश्वमा व्याप्त विभेद, गरिबी पूँजिवादकै परिणाम भएकोले पूँजिवादी बाटो समाज रुपान्तरणको गन्तव्य कदापी हुन सक्दैन ।
झलक सुवेदी
झलक सुवेदी
कतिपय पूँजिवादी देशहरुले समाजवादबाट सिकेर केही फरकपना देखाएका छन् । त्यसअर्थमा पूँजिवाद ठीक भन्नेहरु पनि छन् ।समाजमा नीजि स्वामित्व रहँदासम्म, नीजि स्वामित्वको व्यवस्थाले सिर्जना गर्ने अन्तरविरोध रहँदासम्म साम्यवादको विकल्प छैन । पूँजिवादले समाजमा आर्थिक, जातीय, समुदायका बीचको अन्तरविरोधलाई सामान्य हैन, झनै जटिल बनाउने कुरामा दुईमत छैन । त्यसैले समाजलाई पूँजिवादी बाटोबाट अगाडि बढाएर रुपान्तरण गर्ने, सामाजिक न्याय स्थापना गर्ने र उत्पादनसम्बन्ध न्यायोचित बनाउने कुरा गलत सोचाई हो । बाबुरामजीको यो सोचाइमा सहमत हुन सकिन्न ।
अर्कोतर्फ पूँजिवाद र माक्र्सवादका केही सकारात्मक कुरालाई मिसाउने कुरा झनै हावादारी कुरा हो । माक्र्सवाद र पूँजिवाद दुबै फरक विचार, फरक व्यवस्था र फरक आधार भएका दृष्टिकोण हुन । यी दुबैलाई मिलाउँछु भन्नु पञ्चायत बनाए जस्तै हो । कि माक्र्सवादी बाटो हुन्छ, कि पूँजिवादी बाटो । बरु के चाहिँ भन्न सकिन्छ भने तत्कालै समाजवाद सम्भव छैन, त्यसैले पूँजिवादको विकास गरेर समाजवादमा जाने भन्न सकिन्छ । त्यही सही बाटो पनि हो । तर त्यसका लागि माक्र्सवादी दृष्टिकोणले नै सम्भव हुन्छ । समाजवाद पूँजिवादमाथि नै निर्माण हुने पनि हो । माक्र्सवादले यही भन्छ । तर माक्र्सवादका केही मिलाउने, केही पूँजिवादको मिलाउने कुरा हावा कुरा हो । भ्रमपूर्ण कुरा हो । यसमा सहमत हुन सकिन्न ।

http://www.everestdainik.com बाट साभार 

No comments:

Post a Comment